माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् ।
मानव अधिकार समूहले स्थानीय तहमा भएका समस्या पहिचान बैठकमा छलफलमा उठेका विषयलाई बुदाँगत रुपमा ध्यानकर्षण गराएका हुन् । मानव अधिकार समूहको २०८० भदौ २३ गते स्थानीय तहमा समस्या पहिचान बैठकबाट छलफल गर्दा विभिन्न समस्याहरु पहिचान भएकोले उक्त समस्याहरु समाधान गर्नको लागि गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकषर्ण पत्रमा ‘वडा कार्यालयबाट प्रवाह हुने सेवासम्बन्धी प्रत्येक वडामा बडापत्र तथा सुझाव पेटीका राख्नुपर्ने, गाउँपालिका भित्र स्वास्थ्य बिमासम्बन्धी सूचना प्रभावकारी पार्दै अति विपन्न परिवारको स्वास्थ्य बिमा गाउँपालिकाले गरिदिनुपर्ने र लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गाउँपालिका र मानवअधिकार समूहले संयुक्त रुपमा मनाउनुपर्ने ।’
यस्तै, गाउँपालिकामा मानवअधिकारसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी मानवअधिकार उल्लङ्घनको घटनाहरु न्यूनीकरण गर्न पहल गर्नुपर्ने, जातीय विभेद अन्त्य लागि सहभोज तथा गैर–दलित बिच अन्तरक्रिया गर्नुपर्ने, निशुल्क रुपमा उपलब्ध हुने औषधिहरु सम्बन्धित हरेक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य इकाइमा बडापत्र टाँस तथा सुझाव पेटिकाको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
समूहले पालिकाभित्रका सम्पूर्ण योजना अनुगमनमा मानवअधिकार समूहलाई पनि समावेश गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनका कुहिने र नहुहिने फोहोर छुट्याई नहुहिने फाहोर व्यवस्थापनका लागि गाउँपालिकाले डम्पिङ साइडको व्यवस्था गर्नुपर्ने लगातका माग राखेको छ । यस्तै गाउँपालिका ५ ओटा वडाहरु १, ३, ४, ५ र ७ मा वडास्तरीय मानवअधिकार समूह गठन भएको र बाँकी २, ६, ८ र ९ मा वडास्तरमा मानवअधिकार समूह गठन गर्नुपर्ने माग गरेको हो ।
डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन गाउँपालिका र मानवअधिकार समूह मिलेर पहल गर्नुपर्ने, बजारमा अखाद्य बस्तुको प्रयोग बढ्दो रहेकाले गाउँपालिका मानवअधिकार समूह स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उपस्थितिमा बजार अनुगमन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमताका आधारमा रोजगारको व्यवस्था गर्नुपर्ने, पर्यटकीय स्थानहरुमा सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको छ ।
मानवअधिकार समूहका अध्यक्ष डिल्लीराम भण्डारी, सदस्य दिलु पुन र सहजकर्ता सुस्मा आचार्यले उक्त ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…