माछापुच्छ्रेमा वडास्तरीय मानव अधिकार समूह गठन

  ०८० वैशाख ४ गते

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा वैशाख ३ गते सुजता सुनारको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

समूहको उपाध्यक्षमा गुमा भण्डारी, सचिवमा अमृत वि.क., सहसचिवमा अमृता भण्डारी र कोषाध्यक्षमा कृष्ण गुरुङ चयन हुनुु भएको छ । सदस्यहरूमा गोमा भण्डारी, टिकाराम वि.क., बुद्धिबहादुर वि.क., हरी गिरी, गर्वे सुनार, उमादेवी गौतम, कल्पना भण्डारी र बलबहादुर सुनार चयन हुनु भएको छ ।

माछापुच्छे« गाउँपालिका स्तरीय मानव अधिकार समूहको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष बैकुण्ठ भण्डारीले नव गठित मानव अधिकार समूहले हरेक क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

समूहका अध्यक्ष डिल्लीराम भण्डारी, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी, सदस्य कुलप्रसाद अधिकारी लगायतले नव गठित समूहलाई बधाई दिँदै वडा भित्र रहेका वेथितिलाई उजागर गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले गर्नु भएको थियो ।

kaski samuha gathan 2080-1-4

नारायण केसी