वडास्तरीय मानव अधिकार समूह गठन

  ०७९ चैत ३० गते

माछापुच्छ्रे गाउँपालिका– ४ मा चैत २७ गते प्रेमकुमारी अधिकारीको अध्यक्षतामा १४ सदस्यीय वडा स्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

समूहको उपाध्यक्षमा केशवराज अधिकारी, सचिवमा रोहित वि.क., कोषाध्यक्षमा जुना क्षेत्री चयन हुनु भएको छ । सदस्यहरूमा युवराज अधिकारी, हिरा सुनार, अनिता सेन ठकुरी, लक्ष्मी अधिकारी, गोविन्दप्रसाद अधिकारी, खरिका पौडेल, बबिता रानाभाट, हर्कबहादुर नेपाली, भुपेन्द्र सुनार र ज्योती नेपाली रहनु भएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा रहेका अनियमितता लगायत व्यवस्थाप्रति जिम्मेवार हुँदै स्थानीय निकायलाई पनि थप जिम्मेवार बनाउन महत्वपुर्ण भूमिका खेल्न समूहलाइ आग्रह गर्नुभयो ।

कार्यपालिका सदस्य श्रीदेवी विश्वकर्मा, राजु नेपाली, वडा सदस्य अर्जुन अधिकारी समाजसेवी  जुना क्षेत्री, समूहका अध्यक्ष डिल्लीराम भण्डारी, जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारी  लगायतले वर्तमान समयमा पालिका भित्रको मानव अधिकार अवस्थाका बारेमा बोल्नु भएको थियो ।

नारायण केसी