माछापुच्छ्रेमा मानव अधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक वैशाख १४ गते सम्पन्न भएको छ ।
मानव अधिकार समूहका अध्यक्ष डील्लीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समूहमा आएको निवेदनको बारेमा छलफल तथा गाउँपालिकासँग आवश्यक सहकार्य गरी योजना तर्जुमा गर्ने बारेमा निर्णय गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिका– ४ लाहाचोककी कृष्ण अधिकारीले वैशाख १४ गते आफ्नो जिवन रक्षाका लागि मानव अधिकार समूहलाई निवेदन दिएर आग्रह गर्नु भएको छ ।
पीडित अधिकारीले आफुलाई सोही ठाँउकी जानुका परियारले लेनदेनको बिषयमा विवाद भएकोमा जानकी परियारबाट बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै आफू र परिवारको बाच्न पाउने अधिकारको सुनिश्चित गरिदिन आग्रह गर्नु भएको छ ।
यस विषयमा उहाँले गाउँपालिका तथा वडा कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको बताउनु भयो ।
बैठकमा कृष्ण अधिकारीको निवेदनमाथि छलफल गरी प्रहरी कार्यालयमा जानकारी गराउने निर्णय गरिएको छ ।
बैठकमा उपाध्यक्ष सुनिता परियार, सचिव खडानन्द गौतम, कोषाध्यक्ष प्रेमकुमारी अधिकारी, सहस्यहरू कुलप्रसाद अधिकारी, डिलु पुन, शोभामोहन लम्साल, केशकुमारी गुरुङ, सुनिता सुनार, बलराम पौडेल, देवी अधिकारी, रमा अधिकारी, अम्बिका लम्साल र जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीको सहभागिता रहेको थियो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…