माछापुच्छ्रेमा मानवअधिकार समूहको बैठक सम्पन्न
माछापुच्छ्रे गाउँपालिका–५ मा मानव अधिकार समूह बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन चैत २६ गते सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वडा सदस्य भरतराज अधिकारीले समाजमा विद्यमान विभेद र मानव अधिकार उल्लङ्घनका घटना न्युनीकरणका लागि समाजमा चेतनाको विकास हुनुपर्ने बताउनु भयो । परिवर्तन बिस्तारै हुने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्दै एकले अर्काको अधिकारको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
समूहका अध्यक्ष डिल्लीराम भण्डारीले पालिकालाई मानव अधिकार मैत्री पालिका निर्माणमा मानव अधिकार समुहको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । जिल्ला सहजकर्ता शुष्मा आचार्य अधिकारीले मानव अधिकार तथा जातीय विभेदका सम्बन्धमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।
यसैबीच, अम्विका लम्साल लामिछानेको अध्यक्षतामा ११ सदस्यीय वडास्तरीय मानव अधिकार समुह गठन गरिएको छ । समूहको उपाध्यक्षमा रेशमकुमार थापामगर, सचिवमा मिनबहादुर परियार, कोषाध्यक्षमा भिममाया गिरी तथा सदस्यहरूमा गमबहादुर विक, विष्णुदेवी लामिछाने, गोविन्द अधिकारी, शान्ती वि.क., श्यामबहादुर गुरुङ, लक्ष्मी लामिछाने र बसन्ती पौडेल रहनु भएको छ ।
कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, टोल संयोजक तथा प्रतिनिधि, महिला, युवा तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…