महिला हिंसा विरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले श्री प्रजा जाग्रृति माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० कात्तिक २३ गते राक्सिराङ गाउँपालिका-५, चौनपुरमा नाटक प्रदर्शन गरेका छन् ।
उक्त नाटक प्रदर्शनमा समाजमा देखिएको बालविवाह, दाइजो प्रथा र महिला हिंसा जस्ता विकृतिहरू विरुद्ध बाल अधिकार समूहका बालबालिकाहरूले नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत नाटकले सामाजिक कुसंसकारलाई दार्साउनुका साथै तिनले मानव जीवनमा पार्ने प्रभावहरूलाई समेत स्थानीय दर्शकहरूमाझ प्रस्तुत गरेका थिए ।
स्थानीय तहमा महिला हिंसा, मानव बेचबिखन जस्ता घटनालाई न्यूनीकरण गर्न सबै ग्रामीण क्षेत्रमा पनि उच्च निगरानी राख्नु पर्ने मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले बताउनुभयो । उहाँले समाजमा शिक्षा र जनचेतनाको कमी भएकै कारण दिनप्रतिदिन बालविवाह र महिला हिंसाका घटनाहरू बढिरहेकोले उक्त घटनाहरूलाई न्यूनीकरण गर्न यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू गर्न जरुरी भएको बताउनु भयो ।
नाटक प्रदर्शनमा बोल्दै श्री प्रजा जाग्रृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद सापकोटाले इन्सेकले आयोजना गरेको नाटकबाट बालबालिकाहरूले आफ्नो प्रतिभा बढाउनुका साथै समाजमा सबैलाई जनचेतना जगाउने काम गरेको बताउनु भयो । कार्यक्रमको सहजिकरण इन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…