महिला हिंसा रोक्नको लागि अन्तरक्रिया कार्यक्रम
महिलामाथि हुने हिंसाको सम्बन्धमा शिवपुरी गाउँपालिकाको स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
इन्सेकको आयोजनामा शिवपुरी गाउँपालिका वडा नं. ८ थानापतिमा कात्तिक २२ गते र वडा नं. ७ सुनखानीमा कात्तिक २३ गते अन्तरक्रिया सञ्चालन गरिएको हो ।
शिवपुरी–७ र ८ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भईरहेको छ ।
कार्यक्रममा सहभागी महिलाहरूले स्थानीय सरकारले आफ्ना अधिकारहरूलाई सुनिश्चित गरिदिन आग्रह गरेका थिए ।
स्वास्थ्य संस्थाको सेवा प्रवाह, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता वितरणको सम्बन्धमा, महिलामाथि हुने हिंसाको न्युनीकरण र पीडितको सरंक्षणको कार्यक्रम लगायत विषयमा सहभागीहरूले प्रश्न गरेका थिए ।
सहभागीहरूको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले महिलाहरूको क्षमता वृद्दि, सीप सिकाउने, आत्मनिर्भरको साथै अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले महिलाहरू हिंसाबाट पीडित भएको गुनासो र समस्याहरू पनि बेला बेला आउने गरेको महिलालाई हिंसा गर्न हुँदैन, हिंसा विरुद्दको अभियान सञ्चालन गर्न योजनाहरू पनि रहेको बताउनुभयो ।
अध्यक्ष थपलियाले सिमित स्रोतसाधनबीच काम गर्नु परेकोले सबैको आवश्यकता पुरा गर्न नसकिएको उल्लेख गर्नुहुँदै गाउँपालिका र नागरिकबीच सहकार्य हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरूको शिवपुरी गाउँपालिकाका वडा नं. ८ का वडाअध्यक्ष केशवप्रसाद रिजाल, वडा नं. ७ का वडाअध्यक्ष वीरबहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख उद्दव कार्की, महिला तथा बालबालिका शाखा प्रमुख पूजा खतिवडा, कार्यपालिका सदस्य रीता नेपाली, वडा नं. ८ का वडासदस्य रामबहादुर पाठक लगायतले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले स्थानीय तहभित्रको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको लागि महिलालाई काठमाडौंमा लैजानको गाउँपालिकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा दिइरहेको जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाको एम्बुलेन्स अन्यत्र गएको बेला परेको रहेछ भने आफैले अर्को सवारीसाधनमा अस्पताल लगे पनि लागेको भाडा पालिकाले नै दिने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण नेपालले अन्तरक्रिया कार्यक्रमको महत्व र उद्देश्यको बारेमा जानकारी दिनुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्लाको मानव अधिकार अवस्था सन्तोषजनक छैन : न्यायाधीस डा. थपलिया
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लाको मानव अधिकार अवस्था विषयमा ०८० मङ्सिर २३ गते छलफल कार्यक्रम गरिएको छ । इन्सेक, मानव अधिकार…
सङ्क्रमणकालीन न्यायको मुद्दामा सरकार गम्भीर छ : मन्त्री जिसी
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सङ्क्रमणकालीन न्यायका विषयमा कर्णाली सरकार गम्भीर रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा इन्सेक लगायतका गैरसरकारी संस्थाहरुको…
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…