महिला हिंसा न्यूनिकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य

महिला हिंसा न्यूनीकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य भएको कुरामा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

इन्सेक नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयुक्त आयोजनामा असोज १४ गते नेपालगञ्जमा आयोजित ‘महिला हिंसाविरूद्ध हाम्रो भूमिका’ विषयक मिडिया साझेदारी बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले पत्रकार र मानव अधिकारकर्मीबीच सहकार्य र समन्वयले महिलाविरूद्ध हुने हिंसा न्यूनीकरणमा बताए ।

उच्च अदालत बार एशोसिएशनका अध्यक्ष विकास अचार्यले सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउँदै सरकारी वकिल कार्यालयलाई जबाफदेही बनाउनु पर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले जुनसुकै अपराध भएपनि कानुनी दायरामा ल्यानुपर्ने बताए ।

हिमराइट्सका प्रकाश उपाध्यायले यौन शिक्षा र नैतिक शिक्षाका विषयहरू पठ्यक्रममा समावेश गरे हिंसा न्यूनीकरणमा मद्दत पुगने धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष ठाकुरसिंह थारूले समाजको डरले गर्दा घटना बाहिर नआउने गरेको बताए ।

पत्रकार निरज गौतमले सबैले आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने बताए । उनले हिंसा न्यूनीकरणका लागि कार्ययोजनासहित अगाडि बढ्नु पर्ने बताए ।

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज