महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. १ मा महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम ०८० असार १३ गते सम्पन्न भएको छ ।
वडा नं. १ मा असार १३ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य, बालक्लबका प्रतिनिधि तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला हिंसा भनेको के हो ? घरेलु हिंसाका प्रकारहरू, यसका कानुनी प्रवाधानहरू र कुनै पनि महिला माथि हिंसा भएमा त्यसको उजुरी प्रकृया, स्थानीय निकायमा सिफारिस प्रकृयाको बारेमा र सरोवारवाला निकायहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा कार्यक्रम अधिकृत कृष्ण प्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रका सहभागीले अझै पनि समूदायमा महिलाहरूले घरेलु हिंसा पीडित बन्नु परेको र कतिपय अवस्थामा मानसिक तनाव, शारीरिक रुपमा शरीरमा क्षतिहुने गरी हुने कुटपिट गरिएका घटना भए पनि हिंसा बारे सही पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए । यसैगरी सहभागीहरूले महिला हिंसा तथा अन्य बालबालिका अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानिय सरकार नागरिक समाज सरोकारवाला निकायहरूले आगामी दिनमा नीति तथा योजनामा महिला सहभागितालाई बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यस कार्यक्रमले घरेलु हिंसाको सवालहरुमा आगामी दिनमा कहाँको सरी उजुरी गर्ने र सिफारिस प्रक्रिया बारेमा जानकारी भएको र यसका कानुनी उपचार बारे जानकारी प्राप्त भएको हुँदा समाजमा हुने घरेलु हिंसा पीडित महिलाहरूलाई आफूहरूले न्याय दिन पहल गर्ने बताउनु भएको थियो ।
यसका साथै समाजमा हुने जातीय विभेद, आर्थिक तथा सामाजिक रूपमा हुँदा खाने र हुनेखानेका बीचमा रहेको अन्तरका कारण हुने विभेदका कारण दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका महिलाहरूको विकास तथा अन्य स्थानीय तहबाट उपलब्ध गराईने सेवा सुविधाहरूमा अर्थपूर्ण सहभागिताको लागि पनि कार्यक्रममा सहजिकरण गरिएको थियो ।
यसै गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएको न्यायिक समितिमा गरिने उजुरी प्रकृया तथा यस समितिले प्रदान गर्ने महिला हिंसा न्यूनीकरणसम्बन्धी कानुनी सहयोग र प्रावाधान बारे पनि कार्यक्रमा छलफल भएको थियो ।
मनहरी गाउँपालिका वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…