महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा महिला हिंसा सम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. ४ मा माघ ३ गते र हेटौँडा उपमहानगरपालिका-१९ मा माघ ६ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला हिंसा भनेको के हो ? घरेलु हिंसाका प्रकारहरू, यसका कानुनी प्रवाधानहरू र कुनै पनि महिला माथि हिंसा भएमा त्यसको उजुरी प्रकृया र सरोवारवाला निकायहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा कार्यक्रम अधिकृत कृष्ण प्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रका सहभागीले अझै पनि समूदायमा महिलाहरूले घरेलु हिंसा पीडित बन्नु परेको र कतिपय अवस्थामा मानसिक तनाव, शारीरिक रुपमा शरीरमा क्षतिहुने गरी हुने कुटपिट गरिएका घटना भए पनि हिंसा बारे सही पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए । यसैगरी सहभागीहरूले महिला हिंसा तथा अन्य बालबालिका अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानिय सरकार नागरिक समाज सरोकारवाला निकायहरुले आगामी दिनमा नीति तथा योजनामा महिला सहभागितालाई बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यस कार्यक्रमले घरेलु हिंसाको सवालहरुमा आगामी दिनमा कहाँको सरी उजुरी गर्ने र सिफारिस प्रक्रिया बारेमा जानकारी भएको र यसका कानुनी उपचार बारे जानकारी प्राप्त भएको हुँदा समाजमा हुने घरेलु हिंसा पीडित महिलाहरूलाई आफूहरूले न्याय दिन पहल गर्ने बताउनु भएको थियो ।
यसका साथै समाजमा हुने जातीय विभेद, आर्थिक तथा सामाजिक रूपमा हुँदा खाने र हुनेखानेका बीचमा रहेको अन्तरका कारण हुने विभेदका कारण दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका महिलाहरूको विकास तथा अन्य स्थानीय तहबाट उपलब्ध गराईने सेवा सुविधाहरूमा अर्थपूर्ण सहभागिताको लागि पनि कार्यक्रममा सहजिकरण गरिएको थियो ।
यसै गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएको न्यायिक समितिमा गरिने उजुरी प्रकृया तथा यस समितिले प्रदान गर्ने महिला हिंसा न्यूनिकरण सम्बन्धी कानुनी सहयोग र प्रावाधान बारे पनि कार्यक्रमा छलफल भएको थियो ।
मनहरी वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ ।
बागमती प्रदेश कार्यलय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…