महिला हिंसाविरूद्धको १६ दिवसीय कार्यक्रम सम्पन्न
“जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ ।
१६ दिवसीय अभियानको सन्दर्भमा मङ्सिर २१ गते इन्सेकलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रूपमा दिक्तेल बहुमुखी क्यापसमा अभिमुखीकरण सम्पन्न गरिएको हो ।
कार्यक्रममा महिला हिंसाबाट बच्नको लागि अपनाउनु उपाय, उजुरी दिने तरीका तथा समाजलाई सकारात्मक बनाउन शिक्षक, विद्यार्थीको भूमिकाको विषयका इन्सेक प्रतिनिधिले सहजीकरण गर्नु भयो ।
अभिमुखीकरणका क्रममा इन्सेकले जिल्लामा मानव अधिकारको अवस्थाका विषयमा छलफल गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङका निमित्त प्रमुखले नेत्र गोतमले मानव अधिकारको विषय सिमित मात्र नभई व्यापक वनाउनु पर्ने बताउनु भयो ।
क्यापस प्रमुख हिराकुमार राईले मानव अधिकारसँग जोडिएको सामाजिक कार्यक्रमले जनचेतना फैलाउन सहयोग गर्ने भएकाले कार्यक्रमको निरन्तरताका आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर रोमनराज अर्यालले प्रहरीले महिला तथा वालबालिकाको क्षेत्रमा विषेश ध्यान दिएर आप्नो युनिट परिचालन गरेको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष पूर्णमाया तामाङले महिला घर वाहिर सहज रूपमा आफ्नो काम गर्न पाउनु मानव अधिकारको हिस्सा भएपनि अहिलेको समयमा पनि महिला सामाजिक हिसाबले असुरक्षित रहेको बताउनु भएको छ ।
तारानाथ फुयल
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…