महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मङ्सिर २० र हेटौँडा उपमहानगरपालिकामा मङ्सिर २१ गते कार्यक्रम गरेको हो ।
हेटौँडा उपमहानगरपालिका-१९ को समन्वयमा ०७९ मङ्सिर २१ गते भएको कार्यक्रममा सहभागिता जनाउन आएका महिलाहरुले यस्ता कार्यक्रमहरू वडा कार्यालयहरूमा भन्दा पनि गाउँ केन्द्रीत भएर महिलाहरूसँगै पुरुषलाई पनि राखेर गरिदिए महिला हिंसा अन्त्य हुन सहयोग पुग्ने बताएका छन् ।
केही महिलालाई मात्रै नभई गाउँघरका पीडित महिलाहरूको लागि सङ्घ, संस्थाहरूले आवाज उठाउनुपर्ने दबाव समेत दिए । कार्यक्रम हेटौँडा उपमहानगरपालिका-१९ का कार्यबाहक वडाध्यक्ष रमा गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका समाज कल्याण शाखा प्रमुख भैरवबहादुर कुमाल, वडा सदस्य रिता बिक, वडा सचीव राजेन्द्र पोखरेल, मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेल, इलाका प्रहरी कार्यालयका सई नसिम मिया अन्सारी, इन्सेक सहजकर्ता सलिना गौतम लगाएतको उपस्थिति रहेको थियो ।
पत्रकार शिवकुमार रिजाल काशीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्ण नेपालले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…