महिला अधिकारको तालिममा पुरुषको सहभागिता
महिलासँग सम्बन्धित अधिकारको बारेमा पुरुषहरूलाई जानकारी दिन नुवाकोटमा सञ्चालन गरिएको दुईदिने कार्यक्रम सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ मा रहेका महिला समूहका सदस्यहरूको घरको पुरुष सदस्यको लागि तालिम सञ्चालन गरिएको हो । विदुरमा फागुन ९ र १० गते सञ्चालन गरिएको तामिलमा सहभागीहरूलाई मानव अधिकार, महिला अधिकार, महिला अधिकारसँग सम्बन्धित कानुनहरूको विषयमा जानकारी दिइएको थियो ।
इन्सेक लगायतको सहकार्यमा शिवपुरी गाउँपालिका–७ र ८ सञ्चालित अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ । परियोजना अन्तर्गत गठन भएका महिला समूहका सदस्यको घरका पुरुष सदस्यहरूलाई तालिममा सहभागी गराइएको थियो ।
महिला अधिकार र मानवअधिकारको विषयमा समूहका महिलालेमात्र नभई पुरुषलाई पनि जानकारी भएमात्र परिवार र समाजमा महिला र पुरुषबीचको सहअस्तित्व बलियो हुने उद्देश्य राखेर प्रशिक्षण सञ्चालन गरिएको परियोजनाका प्रमुख कृष्णप्रसाद नेपालले बताउनुभयो ।
सहभागीहरूलाई नुवाकोट जिल्ला अदालतका इजलास अधिकृत रीता लामिछानेले घरेलु हिंसा र यससँग सम्बन्धित कानुनी विषयको साथै अदालतमा न्याय निरुपणको विषयमा जानकारी दिनुभएको थियो ।
मानव अधिकार, महिला अधिकार, मानव अधिकारको अवधारणा र विकासक्रम, आर्थिक समाजिक र सांस्कृतिक अधिकार, नेपालको संविधान र मौलिक हक, नेतृत्व विकास लगायत विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई इन्सेकका व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, रिन्यु परियोजनाका कृष्णप्रसाद नेपाल र इन्सेक जिल्ला प्रतिनिधीसमेत रहेका अधिवक्ता नवदीप श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरूले स्थानीयस्तरका काम गर्दा आएका देवानी प्रकृति र फौजदारी प्रकृतिका समस्याहरूमाथि पनि छलफल गरेका थिए ।
तालिमको उद्घाटनमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले महिला अधिकारको विषयमा पुरुषलाई जानकारी दिने तालिमले समाजमा महिलामाथि हुने गरेको हिंसाको घटनाहरूमा कमी आउने अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले महिलामाथि हुने गरेको हिंसा र विभेदको घटनाहरूलाई कमी गराउनको लागि स्थानीय तहहरूले सचेतनाका अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…
बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित कास्की र नवलपुरका बालअधिकार समूहको प्रदेशस्तरीय सन्जाल बैठक ०८० मङ्सिर १६ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा बालअधिकार समूहका गण्डकी प्रदेशका अध्यक्ष…
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…