महिलाको अधिकार स्थापित गराउन पुरुषलाई तालिम
महिलाको अधिकार र महिलामाथि हुने हिंसाको घटनाहरुलाई न्युूनिकरण गराउने उद्देश्यसहित शिवपुरी गाउँपालिकाका युवा तथा पुरुषहरुको लागि ‘मानव अधिकार र महिला अधिकार’ विषयक तालिम दिइएको छ ।
इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ का युवा तथा पुरुषहरूलाई मङ्सिर २८ गतेबाट दुई दिने तालिम सञ्चालन भएको हो ।
कार्यक्रमका संयोजक कृष्णप्रसाद नेपालले महिलामाथि हुने हिंसालाई कम गराउन पुरुषको बराबर दायित्व हुने भएकोले पुरुषहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा संयोजक नेपालले मानव अधिकारको अवधारणागत विषय, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, नेपालको संविधान २०७२ मा समावेश भएका मौलिक हक सम्बन्धी अधिकारको बारेमा जानकारी दिनु भएको थियो ।
विशेष गरी महिला हिंसा न्यूनिकरणका लागि पुरुषको भूमिका र खाद्य अधिकार, स्वास्थ्यसम्बन्धी अधिकार, शिक्षा सम्बन्धी अधिकार, आवास तथा रोजगारीको हकमा केन्द्रीत रहेर तालिम सञ्चालन गरिएको छ ।
यसैगरी कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले मानव अधिकार र नेपालमा मानव अधिकारको विकासक्रम, संविधान र कानुनमा महिलाको अधिकार, लैङ्गिक हिंसा लगायतको विषयमा सहभागीहरुलाई अवगत गराउनु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…