मरिण गाउँपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न
मरिण गाउँपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको आयोजना, स्वाधीन खबर पत्रिकाको समन्वय र इन्सेकको सहकार्यमा जेठ २१ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेकका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले सुशासन र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले स्थानीय तहमा भ्रस्टाचार विरुद्धको शून्य सहनशीलता कायम गर्नु पर्ने धारणा राख्नु भयाे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विर्मस मुक्तानले मानव अधिकारको क्षेत्र फराकिलो भएको बताउँदै सशस्त्र द्वन्द्वकालमा मानव अधिकार उलङ्घनका घटनाहरू इन्सेकले पत्ता लगाई सार्वजनिकीकरण गरेको बताए ।
मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूले ग्रामीण क्षेत्रका जनतालाई सूचना मार्फत चेतना फैलाउने काम गर्नुपर्ने मुक्तानले बताउनु भयो ।
उहाँले राष्ट्रिय स्तरका प्रशिक्षकहरू यस पालिकामा आई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारको साथसाथै सुशासन र विकासका बारेमा जनतालाई जागरुक गराउन सहयोग पुर्याएको बताउनु भयो ।
साथै, आगामी वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी कार्यक्रम सञ्चालनका लागि पालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले मानव अधिकार र मौलिक हकको विषयमा प्रष्ट्याउनु भएको थियो ।
साथै मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा मेलमिलाप र स्थानीय न्यायिक समितिको अवस्थाको विषयमा अधिवक्ता प्रेक्षा ओझाले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
इन्सेकका बरिष्ठ अधिकृत सम्झा श्रेष्ठले सङ्घीयता र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वाधीन पत्रिकाका प्रधान सम्पादक रुद्र खड्काले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य विषयमा प्रकाश पार्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, मेलमिलाप कर्ता तथा कर्मचारीहरूको सहभागीता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, काठमाडौँ
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…