मनोमानी शुल्क नलिन निगरानी समूहको आग्रह
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम चलिरहँदा निजी तथा सरकारी विद्यालयमासमेत मनोमानी भर्ना शुल्क लिइएको भन्दै जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूलाई तत्काल सो कार्य बन्द गर्न/गराउन आग्रह गरेको छ ।
इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहको वैशाख १५ गते घोराहीमा बसेको बैठकले निशुल्क शिक्षा लिन पाउने संवैधानिक हक विपरीत सरकारी विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेको र संस्थागत विद्यालयमा पनि मनोमानी शुल्क लिइरहेको पाइएको भन्दै शुल्क लिने कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
त्यसैगरी समयमै पाठ्यपुस्तक उपलब्ध गराउनका लागि पहल गर्न जिल्ला शिक्षा कार्यालयलाई आग्रहसमेत गरेको छ । समूहका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लाको मानव अधिकार अवस्थाबारे समीक्षासमेत गरेको जनाइएको छ ।
यसैगरी दाङका घोराही र तुलसीपुर बजार क्षेत्रमा सडक विस्तारको काम अलपत्र परेको र त्यसले नागरिकलाई थप सास्ती थोपरेको भन्दै सडक विस्तार र विभिन्न खोलामा अलपत्र निर्माणाधीन पुलको काम तत्काल अघि बढाउन समूहले सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै जिल्लाका सरकारी कार्यालयमा स्थापना भएको मानव अधिकार इकाई प्रभावकारी भए नभएको अनुगमन गर्ने निर्णय गरेको छ । यसैगरी समूहले चुनावी गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न र विद्यालयको पठनपाठन प्रभावित हुनेगरी गतिविधि नगर्न दलहरूलाई आग्रहसमेत गरेको छ ।
जे.एन.सागर
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…