मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा आरक्ष नजिक गाउँ भएकाले मनहरी गाउँपालिका-३, ढेडुवाखोलाका किसानहरूले लगाएको बाली वर्षेनी जङ्गली जनावरले क्षति पुर्याउने गरेको भन्दै किसानहरूले सरोकारवाला समक्ष गुनासो गरेका छन् । डब्लुपीडी नेपाल र इन्सेकको साझेदारिता मनहरीमा भएको स्थानीय तहले प्रवाह गर्ने सेवाका सम्बन्धमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
स्थानीय पवित्रा गौतमले भन्नुभयो,‘हामीले लगाएको बाली कहिल्यै पनि टिप्न पाउँदैनौँ, पटक पटक जनप्रतिनिधिहरू र नेताहरूको ध्यानाकर्षण गराएका छौँ । भोट मात्रै माग्न आउने हुन्, समस्यामा कहिल्यै सहयोग गर्ने होइनन् ।’
आरक्षसङ्ग जोडिएकोले मृग, बाँदर तथा अन्य जङ्गली जनावरका कारण खेतीबालीमा सँधै असर परिरहेको उहाँले बताउनु भयो । मुख्य रूपमा मृगले दुःख दिएको भन्दै स्थानीय सरकारले मृग खेतबारीतर्फ आउने बाटोमा तारजालीको व्यवस्था गरिदिए हुन्थ्यो भन्दै उहाँले आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी मनहरी गाउँपालिका वडा नं. १, ३ र ४ एवम् हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का सहभागीहरूले महिलाका सन्दर्भमा भएका बजेट विनियोजन, कार्यान्वयनको अवस्था लगायतका बारेमा प्रश्न गरेका थिए ।
त्यसैगरी कृषि अनुदानका विषय, विद्यालय सुध्रिन नसकेको विषय, छात्रवृत्ति वितरण पारदर्शी नभएका विषय, ऐलानी जग्गाले लालपुर्जा पाउने विषयहरूमा पनि सहभागीहरूले प्रश्न गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा जवाफ दिँदै मनहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले सबै समस्याहरूको निराकरणमा स्थानीय सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । ‘यी समस्याहरूलाई मैले मभन्दा माथिल्लो निकाय कार्यपालिका बैठकमा प्रस्तुत गर्नेछु र समस्या समाधानको प्रयास गर्नेछु’, उहाँले प्रतिवद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभाध्यक्षता डब्लुपीडीकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईको रहेको थियो भने इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले कार्यक्रमको औचित्यसहित कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनाल, वडा नं. ३ का कार्यबाहक वडाध्यक्ष हिराबहादुर प्रजा, कार्यपालिका सदस्यहरू मीरा खत्री, सेतीमाया तामाङ, सविता सुवेदीसहित स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, शिक्षा शाखाका पूर्णभद्र भूसाल, कृषि शाखाका उज्वल खतिवडा, महिला तथा बालबालिका शाखाकी शिला अधिकारी, सामाजिक विकास शाखाका ज्ञानेन्द्र ढकाल, मेलमिलाप संयोजक ध्रुव खड्का लगायतको सहभागिता थियो । विषयगत शाखाबारे उठेका प्रश्नहरूको शाखागत रूपमा जबाफ दिइएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…