मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।
उक्त बैठकमा शिक्षा क्षेत्रमा देखिएका समस्यामा, विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकको दरवन्दी कम भएको, विद्यालयले विद्यालय सञ्चालनका लागि शुल्क लिने गरेको, बाटो निर्माण र पूर्वाधारको अझै पहुँच हुन नसकेको, युवा तथा स्थानीय बालबालिकालाई विद्यालयमा पर्याप्त खेलकुद सामग्री पाउन नसकेको, अति विपन्न वर्गका बालबालिकाहरूले विद्यालय छोड्ने दर बढ्दो रहेको, बालबालिकामा बढ्दो दुर्व्यसन धुम्रपान जस्ता गलत क्रियाकलापहरूको बारेमा, विद्यालयमा भवनहरू अपाङ्गमैत्री नभएको लगायतका समस्या समस्या बैठकबाट पहिचान गरिएको इन्सेक सहजकर्ता सलिना गौतमले जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्य समस्यामा अस्पतालमा वेडको अभाव हुँदा बिरामीलाई भूइँमा उपचार गर्ने गरेको, राज्यले पर्याप्त मात्रामा आधारभुत औषधि निशुल्क भनेता पनि जनताले अझै पनि पाउन नसकेको, स्वास्थ्य बिमासम्बन्धी सचेतना नभएको, बिमाबाट प्राप्त हुने सेवा प्रति सेवाप्रदायकको कारणले समस्या रहेको लगायतका समस्या पहिचान गरिएको इन्सेक सहजकर्ता गौतमले बताउनु भयो ।
साथै उक्त बैठकमा वातावरणसम्बन्धी समस्याहरूमा, सही रूपमा फोहरमैला व्यवस्थापन नभएको, खोलाहरूमा फोहर फ्याँक्ने प्रचलन रहेको, उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण नभएको, उद्योगहरूको अनुगमनमा सरोकारवालाले चासो नदिएको जस्ता समस्या बैठकबाट पहिचान भएको छ ।
मानव अधिकार समूहका संयोजक विमला गोपालीको अध्यक्षतामा बसेको बैठकमा समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकबाट पहिचान भएका समस्याहरू समाधानका लागि कार्ययोजना तयार गरी निरन्तर काम गर्ने र मनहरी गाउँपालिकालाई यथाशीघ्र ध्यानाकर्षण गर्ने निर्णय गरिएको संयोजक गोपालीले जानकारी दिनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…