मनहरीमा विद्यार्थीका लागि बाल अधिकार सम्बन्धी दुई दिने तालिम सम्पन्न
मनहरीका विद्यार्थीहरूलाई आयोजित बाल अधिकार सम्बन्धी दई दिने तालिम ०७९ पुस ६ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गतेबाट भएको तालिममा मनहरी-४ स्थित पशुपतिनाथ माविका १३ जना, मनहरी-७ को राष्ट्रिय रोटरी माविका १५ जना र एक-एक जना शिक्षक प्रतिनिधी गरि ३० जना सहभागी थिए ।
विद्यालयमा संगठित बाल अधिकार समूहमा आबद्द बालबालिकाहरू सहभागी रहेको तालिममा बाल अधिकार र बाल अधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धिका लागि तालिम गरिएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बताउनुभयो ।
तालिममा बालबालिकाहरूलाई बाल अधिकारको सामान्य ज्ञान, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, नेपालको संबिधानमा उल्लेखित व्यवस्था, बाल अधिकार किन बेग्लै महासंधिका रूपमा आयो जस्ता बिषयमा जानकारी तथा छलफल गराई बाल बालिकालाई सचेतना एवं क्षमता अभिवृद्दि गराईने संयोजक भण्डारीले बताउनुभयो ।
मनहरी र राक्सिराङ गाउँपालिका कार्य क्षेत्र रहेको संस्थाले मानव अधिकारका क्षेत्रमा कार्य गर्दै आईरहेको छ भने पालिकाको प्रत्येक विद्यालयमा बाल अधिकार समूह गठन गरिसकेको इन्सेक सहजकर्ता सलिना गौतमले बताउनुभयो ।
बालबालिकाहरूलाई बाल अधिकार एवम् मानव अधिकारका सवालमा सचेत गराउन सके भावि दिनमा मानव अधिकार र बालअधिकार जस्ता संवेदनशील बिषयमा सचेत नागरिक एवं सभ्य समाज निर्माणमा सहयोग पुग्ने रोटरी माविका सहायक प्रधानाध्यापक तथा संरक्षक शिक्षक सादुराम रिजाले बताउनुभयो ।
इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीको अध्यक्षतामा पशुपतिनाथ माविका संरक्षक शिक्षक ईश्वर रिजाल, रोटरी माविका सहायक प्रधानाध्यापक तथा संरक्षक शिक्षक साधुराम रिजाल, रेडियो मनहरीका प्रबन्ध निर्देशक शिब कुमार रिजाल (काशी), इन्सेक फोकल पर्शन बालुका न्यौपाने लगायतको आतिथ्यता रहेको थियो भने स्वागत तथा उद्धेश्य बालुका न्यौपाने र इन्सेकको अभियान सम्बन्धी शिब कुमार रिजालले प्रकाश पार्नु भएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…