मध्यविन्दु नगरपालिकामा बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस २८ गते देखि मध्यविन्दु नगरपालिकामा बालअधिकार समुहकालागि बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।
मध्यविन्दु नगरपालिकाको ज्ञानोदय माध्यामिक विद्यालय र नेपाल लोकसेवा माध्यामिक विद्यालयका बालअधिकार समुहका सदस्यहरुको लागि शुरु भएको तालिम पुस २९ गते सम्म सञ्चालन हुनेछ ।
तालिममा बालअधिकार र बाल संरक्षण, बालअधिकार सम्बन्धि ऐन २०७५ तथा बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, बालमैत्री स्थानीय शासन, बाल यौन शोषण, दुव्र्यवहार तथा बेचविखन, भित्ते पत्रिकाचिनारी, विद्यालयतथा समाज स्वच्छ वातावरणमैत्री बनाउन बालबालिकाहरुको भूमिका, बालमैत्री स्थानीय शासनकालागि मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रमहरु, लैंगिक हिंसा र जातीय छुवाछूत, संगठन व्यवस्थापन र नेतृत्वशैली, बालअधिकार र जिम्मेवारी, बालअधिकार समूह संचालन प्रक्रिया र यसको जिम्मेवारी लगायतको विषयमा सहजीकरण गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले तालिमको उद्घाटन गर्नुहुदै नगरपालिकाले बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर रहेको बताउनुभएको छ । उहाँले मध्यविन्दु नगरपालिकालाई बालमैत्री स्थानीय तहबनाउन सुचाङ्कको आधारमा आवश्यक पूर्वाधारको तयारी गरिरहेको बताउनु भएको छ ।
नगरभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगलिक अवस्थितिको कारण बालमैत्री स्थानीय तहनिर्माणका केही सुचाङ्कहरू तत्काल पुरा गर्न हालको अवस्थामा कठिन देखिएपनि क्रमशः नगरपालिकाभित्र बालमैत्री वातावरण तयारीको लागि काम भइरहेको उहाँले बताउनुभयो । अधिकारीले तालिममा प्राप्त ज्ञानलाई विद्यालयका अन्यविद्यार्थी सम्म पु¥याउने जिम्मेवारी सहभागी विद्यार्थीहरूको भएको बताउनुभयो ।
विगतमा द्वन्दको अवस्थाबाट हालको अवस्थामा आईपुग्दा अधिकार प्राप्तीको अवस्थामा सुधार भएपनि कानुन र अधिकारका बारेमा ज्ञान नहुदाँ स्थानीय समुदाय अधिकारबाट वञ्चीत हुनु परेको उहाँले बताउनुभयो । यसका लागि मानव अधिकार शिक्षा सहित कानुनी सचेतनाको कार्यक्रम सञ्चालनको लागि इन्सेकसंग सहकार्य गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
तालिमको पहिलो दिनमध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएका बालअधिकार सम्बन्धी कार्यक्रम, नगरपालिकामा विनियोजित बजेट र त्यसको कार्यान्वयनको बारेमा प्रस्तुति गर्नुभयो । उहाँले विद्यालयतहमा नै बालबालिकाको क्षमता अभिवृद्धि संगै जीवन उपयोगी शिक्षाको लागि नगरपालिकाले कार्यक्रमहरू तयार गरिरहेको बताउनुभयो ।
कार्यक्रम उद्घाटनसत्रका अध्यक्ष मानव अधिकार समुह मध्यविन्दुका अध्यक्ष भुपलाल अर्यालले विद्यालयमा गठित समुह र नगर स्तरीय मानव अधिकार समुहबीचको समन्वयमा बालअधिकारको क्षेत्रमा आगमी दिनहरूमा कार्यक्रम सञ्चालनको लागि सहकार्य गर्ने बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…