मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ ।
समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट गरिएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो ।
समूहको बैठकले मध्यविन्दु नगरपालिकामा मानव अधिकार प्रवर्धनका लागि विनियोजन गरिएको बजेटबाट कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग सम्झौताका लागि माग गर्ने निर्णय गरेको छ । बैठकले नगरभित्र रहेका विद्यालयहरुको दिवा खाजा लगायत सरसफाई र शैक्षिक अवस्थाको अवलोकन गर्ने, नगर अस्पतालको अनुगमन गर्ने निर्णय गरेको छ ।
इन्सेक सहजकर्ता राजु चापागाईले यस वर्ष इन्सेकबाट मध्यबिन्दुका लागि तय भएका कार्यक्रमको बारेमा जानकारी गराउँदै गत वर्ष समूहबाट गरिएका राम्रा कार्यहरूको निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
दयाराम आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…