मध्यविन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

  ०७९ चैत २४ गते

इन्सेक गण्डकी प्रदेशको आयोजनामा मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला चैत २२ गते सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मानव अधिकार समूह मध्यविन्दुको समन्वयमा उक्त कार्याशाला सम्पन्न भएको हो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाले वातावरण संरक्षणको लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो । गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा नगरपालिकाले “प्रदुषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन र जैविक मल उत्पादन कार्यक्रम” सञ्चालन गरेको बताउनुभयो ।

नगरपालिकाले फोहरमैला व्यवस्थापनको लागि आवश्यक ऐन समेत नगरसभाबाट पारित गरेर त्यसको कार्यान्वयनमा लागेको उहाँले बताउनुभयो । एकतर्फ फोहर डढ्ने र अर्को तर्फ वन डढ्ने वर्तमान अवस्थाको अन्त्यको लागि फोहर व्यवस्थापनसंगै जैविक मल उत्पादनलाई समेत संगै अगाडी बढाएको उहाँले बताउनुभयो ।

मध्यबिन्दु नगरपालिका– ७ का अध्यक्ष कर्णबहादुर मल्लले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान संचालन गर्नुपर्ने बताउनुभयो । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको मल्लले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले विस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उड्ने धुलोको कारण मानव स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने भन्दै सम्बन्धित पक्षहरुले आवश्यक पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा मध्यबिन्दु मानवअधिकार समूहका अध्यक्ष भुपलाल अर्यालले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरण अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समुहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गर्ने अर्यालले बताउनुभयो ।

photo pgrm 1photo pgrm

 

तिर्थराज डुम्रे