मध्यविन्दुमा बाल अधिकार समुहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मध्यविन्दु नगरपालिका–९ को श्री नेपाल लोकसेवा माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समुहलाई कोष रकम सहयोग गरेको इन्सके जिल्ला सहजकर्ता राजु चापागाईंले बताउनुभयो ।
कोष हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले इन्सेकले दिएको रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने बताउनुभयो । उहाँले प्राप्त सहयोगको सहि सदुपयोग र सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । कोषबाट समुहले वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समुहका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।
मानवअधिकार समूह मध्यविन्दु नगरपालिकाका अध्यक्ष भुपलाल अर्यालले इन्सेकले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता बिकासका कार्य सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…