मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले भदौ ३१ गते स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरेको हो ।
बैठकबाट शिक्षामा मुख्य समस्या अन्तर्गत दरबन्दी अनुसारको शिक्षकको समस्या, सामुदायिक विद्यालयले शुल्क लिने गरेको, विद्यालय भवन अपाङ्गमैत्री नभएको, दिवा खाजाको नियमित अनुगमन नभएको, व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुने गरेको समस्याहरू पहिचान गरिएको छ ।
यस्तै नगर अस्पताल चलायमान नभएको, स्वास्थ्य बिमासम्बन्धी समुदायमा सचेतना नभएको, विद्यालयस्तरमा सचेतनाका कार्यक्रम नभएको, बिमा लागू भएका स्वास्थ्य केन्द्रमा सेवा लिन गाह्रो लगायतका समस्या पहिचान भएको छ ।
बैठकमा सही रुपमा फोहरमैला व्यवस्थापन नभएको, खोलाहरुमा जथाभावी फोहर फ्याँक्ने गरेको, उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण नभएको, स्थानीय तहले उद्योगहरुको अनुगमनमा चासो नदिएको र स्थानीय समुदायमा सरसफाइसम्बन्धी सचेतना निरन्तर नभएको जस्ता समस्या पहिचान भएको स्थानीय सहजकर्ता राजु चापागाईंले जानकारी दिनु भयो ।
नगरपालिकामा विभेद सवालमा मुख्य समस्याका रुपमा महिलामाथी घरेलु हिंसा कायम रहेको, सचेतना कार्यक्रम पर्याप्त नभएको, घटना हुँदा पीडितलाई न्याय पाउन कठिनाई भएको, सिमान्तकृत समुदायको सहभागिता सुनिश्चित नभएको जस्ता समस्या पहिचान गरिएको छ ।
बैठकबाट पहिचान भएका समस्याहरुलाई मानव अधिकार समूहले सम्बन्धित निकायमा ध्यानाकर्षण गर्ने मध्यबिन्दु नगरपालिका मानव अधिकार समूहका संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
दयाराम आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…