मध्यपश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लामा मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व जिल्लाका सरोकारवाला निकायबिच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएका समाचार इन्सेकका विभिन्न जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।
कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते कालिकोटमा सम्पन्न भएको छ । इन्सेक कालिकोटको आयोजनामा मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
६ महिनाको अवधिमा राज्य पक्षबाट दुई ओटा, राजनीतिक दलबाट आठ ओटा घटना भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । त्यसैगरी बाल विवाहको एक, कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार एक, बहुविवाहका एक, यौन दुर्व्यवहारका एक र पारिवारीक हिंसाका चार ओटा घटनासमेत १८ ओटा घटना समावेश गरिएको प्रतिवेदन सरोकारवालाका बिचमा प्रस्तुत गरिएको थियो ।
'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले राज्यले मानव अधिकार हनन् गर्यो भनेर दोष दिने गरेका छन् । तर, राज्यले चाहेर हैन बाध्यताले बल प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको छ ।'-प्रमुख जिल्ला अधिकारी गिरीधार सुवेदीले भने ।
उनले राज्यले चाहेर मानव अधिकार उल्लङ्घन नगरेको भएपनि यसप्रति जिम्मेवार पक्ष सचेत रहेको बताए । जिल्लामा मानव अधिकारका अधिकांश घटनामा राजनीतिक दलको दबावले घटनामा संलग्न व्यक्तिले उन्मुक्ति पाउने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रकुमार खड्काले बताए । 'मानव अधिकारका अधिकांश घटनामा राजनीतिक दबाव दिने गरिएको छ ।'-उनले भने । यसलाई रोक्न समाजमा सबै राजनीतिक दलको सामूहिक प्रतिबद्धताको खाँचो रहेको उनले औँल्याए ।
जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न सबै सरोकारवाला पक्षको उत्तिकै भूमिका रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष नगेन्द्र शाहीले बताए । उनले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरण गर्न सबै जिम्मेवार पक्ष लाग्न जरूरी रहेको बताए ।
नेपाली काङ्ग्रेसका सहसचिव दमनबहादुर शाहीले मानव अधिकार हनन्का घटनामा कमी ल्याउन जिल्लामा रहेका सबै क्रियाशील राजनीतिक दल तथा प्रशासक सचेत हुनुपर्ने बताए । उनले मानव अधिकारको संरक्षणका लागि नेपाली काङ्ग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३१ गते सम्पन्न भएको छ । जिल्लामा सन् २०१७ को जनवरीदेखि जुन १४ गतेसम्म मानव अधिकार उल्लङ्घन भएका घटनाको सरोकारवाला निकायबिच समीक्षा गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक नेपालको मानव अधिकार क्षेत्रको महत्वपूर्ण दस्तावेज भएको र यस पुस्तकलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकिल खिमानन्द गौतमले इन्सेकले वर्ष पुस्तकमा आर्थिक, सामाजिक र सांस्कृतिक घटना पनि समावेश गरेमा प्रभावकारी हुने बताए । यस अवधिमा जिल्लामा घरेलु हिंसा, बलात्कार/बलात्कारका प्रयास, हत्या, हिरासतमा मृत्युलगायतका १२ ओटा घटना भएको इन्सेकले सरोकारवालाबिच प्रस्तुत गरेको थियो ।
इन्सेकले अभिलेख गरेका घटनाहरूमा घरेलु हिंसाका ६, बलात्कारको एक, बलात्कार प्रयासका दुई, हत्याको एक, हिरासतमा मृत्यु एक र गैरकानुनी गिरफ्तारीको एउटा घटना रहेका छन् ।
सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार मानव अधिकार उल्लङ्घनका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३० गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले सन् २०१७ को ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घनका घटनाको प्रतिवेदन प्रस्तुत गरेपछि कार्यक्रममा सहभागीहरूले टिप्पणीसहित सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नवल गिरीले कुनैपनि घटनाको सम्बन्धमा वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिए । एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसीले मानव अधिकार उल्लङ्घनका सबै घटनाहरूको गहिराइमा पुगेर मात्र वर्ष पुस्तकमा समेट्नु पर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनिधि किरणकुमार थापाले इन्सेकले मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि खेलेको भूमिका सरहानीय रहेको उल्लेख गरे । इन्सेक जिल्ला प्रतिनिधिले सरोकारवाला निकायसमक्ष जिल्लामा भएका ५४ ओटा घटना प्रस्तुत गरेका थिए । जसमध्ये घरेलु हिंसाका ४५, पतिबाट हत्या गरिएको एक, धम्की र कुटपिटका दुई, बलात्कार/बलात्कार प्रयासका दुई, जातीय विभेदको एउटालगायतका घटना रहेका छन् ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ ३० गते सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्रजिअ पौडेलले जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनालाई इन्सेकले सङ्कलन गरी प्रत्येक वर्ष पुस्तकका रूपमा प्रकाशन गर्ने गरेको र यसका लागि सबैबाट सहयोग हुनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको प्रजिअ पौडेल बताए । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले विगत ६ महिनामा सङ्कलन गरिएका १६ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव बेचबिखन विरुद्ध साझा ऐक्यबद्धता
मानव बेचबिखन विरुद्ध सरोकारवाला निकाय, सामाजिक र मानव अधिकारवादी सङ्घ संस्थाले साझा प्रतिबद्धता जनाएका छन् । ०८१ भदौ २० गते ‘तीनै तहको सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने…
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं र्राष्ट्रिय दिवसको अवसरमा जलेश्वर नगरपालिका र जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरी, आफन्त नेपाल, इन्सेक महोत्तरी, महिला सचेतना केन्द्र,…
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको अयोजना गरी सम्पन्न
तीनै तहको सरकारको प्रतिबद्धता, मानव बेचविखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ मानव बेचविखन विरुद्ध १८ औँ राष्ट्रिय दिवसको अवसरमा ०८१ भदौ २० गते विहान जकपुरधाममा प्रभातफेरी र साँझ…
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न
इन्सेक तथा जिल्ला मूल समारोह समितिको सयुक्त आयोजनामा ०८१ भदौ २० गते सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिद कार्यक्रम गरी सम्पन्न गरिएको छ । इन्सेक कञ्चनपुर…
मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८ औं राष्ट्रिय दिवस–२०८१ को अवसर पारेर म्याग्दीमा एक कार्यक्रम ०८१ भदौ २० गते सम्पन्न भएको छ । म्याग्दीमा ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन…