मधेस प्रदेशमा प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा धनुषा र सप्तरी जिल्लाको पालिकाहरूमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मधेस प्रदेशको प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह फागुन २९ गते जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच गठन गरिएको छ । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको विशेष उपस्थितिमा गठन गरिएको बाल अधिकार समूहमा हरिचन्द्र साहको नेतृत्व रहेको छ ।
साहको नेतृत्वमा प्रदेश स्तरीय बाल अधिकार समूहको १४ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा करिना कुमारी सरदार, सचिव राज यादव , कोषाध्यक्ष उमा कुमारी महतो, सदस्य सचिव देवेन्द्र कुमार महतो, महासचिव जय प्रकाश दास र सदस्यहरूमा कन्चन मण्डल, अमन चौधरी, अनुराग कुमार महतो, प्रीति महतो, रञ्जु कुमारी महरा, भुमिका सिंह रहेका छन् ।
त्यस्तै पूजा साहको अध्यक्षतामा प्रदेश स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । उपाध्यक्षमा संतोष कुमार चौधरी, सचिव दिवेश कुमार महतो, सह–सचिव हरिनारायण दास, कोषाध्यक्षमा शंकर कुमार साह, सदस्यहरूमा शिवशंकर राम, दिनेश प्रसाद खंग , पुल्कित भगत, मोहन कुमार महतो, सरिता कुमारी राय, लक्ष्मी कुमारी महतो, अनिता परियार, सुनिता लोहनी, देवकी सुनुवार, सजनी देवी सरदार रहेका छन् भने सल्लाहकारमा पशुपति महतो र केशवराज चौहान रहेका छन् । कार्यक्रममा ईन्सेक मधेस प्रदेश कार्यालयका पदाधिकारीहरू, बाल अधिकार सचेतना समूहका संरक्षक शिक्षकहरू, बाल क्लबका पदाधिकारीहरू र मानव अधिकार समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…