मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।
कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानव अधिकार प्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले साधन स्रोतलाई सीमित जातिमा केन्द्रित गरियो भने विद्रोह हुने गरेको भन्दै मानव अधिकारका प्रतिपादित सिद्धान्तलाई सबैले पालना गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “समस्यै समस्याले समाज घेरिएको छ । तर ती समस्याले एउटा दिशा पनि दिन्छ ।”
उहाँले देशमा शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानव अधिकारको अभाष गरेको भन्दै मानव अधिकारको पूर्ण पालनाका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षामा जोड दियौँ भने युगान्तकारी परिवर्तन हुनसक्ने बताउनुभयो ।
सभामुख मण्डलले हामी अधिकारको विषयवस्तुमा मात्रै केन्द्रित हुनेगरेको भन्दै अधिकारका साथसाथै दायित्व निर्वाह गर्नेतर्फ समेत हामीले जोड दिनुपर्ने बताउनुभयो ।
सभामुख मण्डलले संविधान र राज्यले प्रत्याभुत गरेको हक अधिकार सबै तह, बर्ग, क्षेत्र र लिंगका व्यक्तिहरूले अनुभुती गर्न पाउनु पर्ने र राज्यले यसको संरक्षण र संबद्र्धन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश प्रदेशमा मानव अधिकार पालनाको अवस्थामा विगत भन्दा धेरै सुधार भएको बताउनु भयो । उहाँले आफू मुख्य न्यायाधिवक्तामा नियुक्त भएपछि प्रदेशका जेल, प्रहरी हिरासत सहितको ठाउँमा अनुगमन गरेको चर्चा गर्नुभयो । विगतभन्दा धेरै सुधार भएको आभाष आफूलाई भएको उहाँको भनाइ रहेको थियो । सामाजिक सुधारको सूचकाङ्कलाई कायम राख्न मानव अधिकारको पूर्ण पालना जरुरी रहेको उहाँले बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको उलङ्घन नहुनेगरी स्थानीय प्रशासनले सजग भएर कामकाज गरिरहेको बताउनु भयो ।
धनुषामा एसपी विश्वराज खड्काले मानव अधिकार संरक्षणको सबालमा प्रहरी प्रशासन संवेदनशील रहेको बताउँदै उहाँले प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाउँदा यस तर्फ विशेष ध्यान दिने गरेको बताउनु भयो ।
इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नागरिक समाज, मानव अधिकार रक्षक र राज्य बीच मानव अधिकारको रक्षाका लागि काम गर्ने बेला साझेदारीको आवश्यकता भएको बताउनु भयो ।
उहाँले इन्सेक गैरसरकारी संस्था मात्र नभएको बताउँदै उहाले इन्सेक ३१ वर्ष देखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एक अभियान पनि हो बताउनु भयो । साथै इन्सेकले मानव अधिकारको क्षेत्रमा काम गर्ने एक व्यक्तिलाई पुरस्कार समेत प्रदान गर्दै आएको बताउनुय भयो ।
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवालले कार्यक्रममा मधेस प्रदेशमा मानव अधिकारको अवस्था बारे प्रकाश पार्नु भएको थियो ।
साेही क्रममा इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेललाई नगद पुरस्कार र प्रमाणपत्रसहित २०२२ को उत्कृष्ट प्रतिनिधिको रुपमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा सहभागी भएकाहरूले मधेश प्रदेशमा दलित र पछि पारिएका समुदायहरूले मानव अधिकारसँग सम्बन्धित विभिन्नखालका समस्याहरू भोग्न बाध्य भए पनि राज्यको ध्यान नगएको बताउनुभयो ।
कार्यक्रममा सहभागी न्यायाधिवक्ता राजकुमार महासेठले राज्यले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेको आरोप लगाउनु भयो ।
मानव अधिकार सञ्जालका पूजा साहले विद्यालयहरूमा भर्ना भएका विद्यार्थीहरूले पढाइ छोड्ने क्रम बढ्दो भएको बताउँदै उनले यसका पछाडी बालविवाह, दुव्र्यसन कुलतमा किशोर किशोरीहरू लाग्ने हुनाले पठनपाठन प्रभावित भएको बताउनु भयो ।
ब्लु डाइमन्ड सोसाइटीका प्रदीप यादवले यौनिक अल्पसंख्यकहरू हिंसामा पर्ने गरेको र आफ्नो पहिचानको सबालमा नै ठूलो समस्या झेली रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले स्थानीय जनप्रतिनिधिहरूले स्थानीय तहमा हुने उपभोक्ता समिति मार्पmत हुने विकास निर्माणका कामहरूमा आफ्नो जातको आधारमा बनाएर सिमान्तकृत समुदायसँग विभेद गरिरहेको बताउनुभयो ।
अधिवक्ता किशोरी साहले स्थानीय तह र अदालतबाट मानव अधिकार उल्लङ्घन भईरहेको बताउँदै उनले सडक निर्माणको क्रममा जग्गाको उचित मुआब्जा नदिने र अदालतले पनि त्यस्ता पीडितलाई भर्पाई गराउन नसकेको बताउनुभयो ।
अजयकुमार साह
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…