भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम न्यूनिकरणका विषयमा छलफल गरेका छन् ।
कार्यक्रममा ललितपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, शङ्खरापुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाका शिक्षिका/शिक्षक इन्सेकको प्रधान कार्यालयमा आयोजित सचेतना भेलामा सहभागी भएका थिए ।
इन्सेकका कार्यकारी निर्देशक विजय राज गौतमले शिक्षकहरु मानव अधिकारका अभियन्ता रहेको बताउँदै आपतकालीन तयारीका प्रमुख स्रोतको रूपमा काम गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।
कार्यक्रममा इन्सेककी पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले विपत्का बेलामा मानव अधिकारको सुनिश्चितता जटिल कार्य भएको बताउँदै सो बारेमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले संस्थाको ऐतिहासिक यात्रा समेट्दै इन्सेकको ३७ वर्षको इतिहासबारे संक्षिप्तमा जानकारी दिनु भयो ।
कार्यक्रममा आपतकालीन तयारी र मानव अधिकार प्रवर्धनका महत्त्वपूर्ण पक्षहरूमा जोड दिँदै जोखिम न्यूनिकरणका विषयमा छलफल गरिएको परियोजना अधिकृत जगन्नाथ कँडेलले बताउनु भयो ।
प्लस आर्टस् एन.पी.ओ., सिटिनेट योकोहामा, जाइका नेपालको सहयोगमा इन्सेकद्वारा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त तथा सन् २०२३ र २०२४ मा जापानको विभिन्न विपत् जोखिम न्यूनीकरण सेन्टर भ्रमणमा गएका शिक्षिका/शिक्षक कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा उक्त भ्रमणबाट प्राप्त सिकाइ र जापानको आपतकालीन तयारीका मोडेल तथा नेपालका विद्यालय एवम् समुदायमा तिनीहरूको प्रयोगको बारेमा चर्चा गरिएको थियो।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…