भूकम्प पीडितले भने-'सरकार अनुदान रकम कहिले दिन्छौ ?'
भक्तपुरका भूकम्पपीडितहरूले भूकम्प गएको १६ महिना बितिसक्दा पनि सरकारले अझै अनुदान नदिँदा घर बनाउन नपाएको गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १६ गते भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकामा आयोजना गरेको 'भूकम्पपीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारसँग अनुदान रकम छिटो वितरण गर्न माग गरेका थिए ।
कार्यक्रममा भूकम्पपीडित भवानी थापाले सरकारले दुई किस्तामा २५ हजार रुपियाँ पाए पनि सरकारले दिने भनेको अनुदान रकम नदिँदा घर बनाउन समस्या भएको बताइन् ।
अर्का पीडित केदार न्यौपानेले सरकारले अनुदान रकम दिन्छु भनेर आशामा मात्रै राख्नु नहुने बताउँदै भने-'सरकारले दिन्न भनेको भए जसोतसो घर बनाउथें, अनुदान दिन्छु भनेर अझै नदिँदा भूकम्पपीडित आशै आशामा मात्रै बसेका छन् ।'
एनजिओ, आईएनजिओले आफ्ना नजिककालाई मात्रै सहयोग गरेको बताउँदै उनले भने-'सरकारले दिने भनेको २५ लाख रुपियाँको अनुदान ऋण पाउने आशामा घर बनाउन थालेका छैनौं । त्यो पैसा कहिले पाउँछौं ?'
स्थानीय चन्द्रप्रसाद राजथलाले भूकम्प गएपछि तीन ओटा सरकार परिवर्तन भएपनि सरकारले अनुदान रकम नदिएर आश्वासन मात्रै दिँदा भूकम्पपीडितले सास्ती व्यहोरेको गुनासो गरे ।
कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले भूकम्पपीडितको पुनः र्सर्वेक्षण सुरु गरिएको बताउँदै सरकारले अनुदान रकम पठाए लगत्तै वितरण गर्ने जानकारी दिए ।
उनले भूकम्पपीडितको घर बनाउन नक्सा पासका लागि २५ प्रतिशत छुट गरेकोमा अब ५० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए ।
कार्यक्रममा महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीलाकुमारी घिमिरेले भूकम्प पीडितहरूमा अझै पनि मानसिक समस्या रहेकाले वडा कार्यालयमा उनीहरूलाई मनोसामाजिक परामर्श दिने सेवा सुरु गरेको बताइन् ।
महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी श्यामबाबु ओलियाले भूकम्पपीडितहरूलाई कुनै कानुनी समस्या आएमा प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे ।
कार्यक्रममा इन्सेकका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख सुशील चौधरीले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यबस्था नहुँदा पीडादायी भएको बताए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…