भूकम्प पीडितले अहिलेसम्म पनि पहिलो किस्ता अनुदान नपाएको गुनासो
भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भक्तपुरको गुण्डुमा गरेको भुकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् ।
कार्यक्रममा सुर्यविनायक नपा-७ गुण्डुकी सविता थापामगरले घर भत्किएर टहरामा बस्दै आएपनि आफ्नो नाम पीडितको सूचीमा नपर्दा अनुदान नपाएको बताइन् ।
सुर्यविनायक-७ की जयश्वरी नगरकोटीले भूकम्पलेसँगै घर भत्किएर अलपत्र परेका दाजुको परिवारले अनुदान पाएपनि आफूले भने अनुदान नपाएको बताउँदै गुनासो फाराम भर्दा पनि सम्बोधन नभएको गुनोसो पोखिन् । त्यसैगरी प्रभाकर राजभण्डारीले भूकम्पले आफ्नो घर चिराचिरा परेपनि भूकम्प पीडितको नामबाटै हटाएर अनुदानबाट वञ्चित गरिएको बताए ।
वास्तविक भूकम्प पीडित भएपनि सरकारले दिने अनुदान र सरकारले दिएको राहत अहिलेसम्म पाउन नसकेको कार्यक्रममा सहभागी भएका पीडितहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय कार्यालयका प्रमुख शिवराम गेलालले सम्झौता भएपनि कागजपत्र नपुगेकाको फाईल फिर्ता हुने र कागजी प्रक्रिया पुगेपछि अनुदान सम्झौता हुने बताउँदै सम्झौता भएकाको केहीदिन भित्रै बैङ्कको खातामा पैसा जाने बताए ।
पीडितको पक्षमा सरकार, सरोकारवाला जिम्मेवार निकाय, कर्मचारी र जनप्रतिनिधिले आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिने बताए ।
सुर्यविनायक नगरपालिका-७ का अध्यक्ष रविन्द्र सापकोटाले गुण्डुमा १ हजार ४ सय ८३ भूकम्प पीडितले रातो कार्ड पाएपनि २ सय ९९ घर अनुदान पाउनबाट छुटेपछि वडा कार्यालयले समन्वय गर्दै अगाडि बढेको बताए । पुनः सर्वेक्षणमा भूकम्प पीडित भनेर गएका ४६ ओटा फाईल फिर्ता आउँदा समस्या परेको बताए ।
मानव अधिकार संञ्जाल भक्तपुरका संयोजक रोशन अर्यालले भुकम्प पीडितको गुनासो र समस्या धेरै रहेकाले उनीहरूको गुनासो सम्बोधनमा राज्यले छिटो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…