भूकम्प पीडितको गुनासो-'हामीले कहिले अनुदान पाउने ?'
भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च माध्यामिक विद्यालययमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितहरूले पहिलो किस्ताको अनुदान रकम समेत नपाएको गुनासो गरेका हुन् ।
भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीको सूचीबाट हटाइएको भन्दै वास्तविक भूकम्प पीडितलाई अनुदानबाट वञ्चित गर्न नहुने भूकम्पपीडितहरूले माग गरेका थिए ।
भक्तपुरका भूकम्प प्रभावितलाई एक महिना अघिदेखि पहिलो किस्ताको रकम ५० हजार रुपियाँ वितरण गरेपछि अनुदान रकम नपाउने भूकम्प पीडितहरूले अनुदानको माग गरेका हुन् । कार्यक्रममा स्थानीय विमला घिमिरेले वास्तविक भूकम्प पीडितले अनुदान रकम पाउनबाट छुट्न नहुने बताउँदै सरकारले यसतर्फध्यान दिनुपर्ने बताइन् ।
स्थानीय रामकुमार श्रेष्ठले सरकारले पहिलो किस्ताको अनुदान रकम वितरण गरेपनि त्यो रकमले घर बनाउन नपुग्ने भएकाले सरकारले दिने भनेको ३ लाख रुपियाँको रकम एकै पटक दिनुपर्ने माग गरे । भूकम्पपीडित मुना कार्कीले पहिलो किस्ताको रकम झिक्न निकै झञ्झट भएको र बैङ्कले कागज पत्र नमिलेको भन्दै पटकपटक फर्काउने गर्दा सेवाग्राहीले सास्ती पाएको गुनासो गरिन् ।
आफ्नो नाममा जग्गा नभएका भूकम्पपीडितलाई पनि अनुदान दिनु पर्ने माग राख्दै अर्का भूकम्पपीडित रामेश्वर खड्काले नाम र थर नमिलेकै कारण कतिपय लाभग्राही सूचीमा नाम आएकाले पनि अनुदान रकम पाउन समस्या परेको गुनासो राखेका थिए ।
कार्यक्रममा अधिकांश भूकम्पपीडितले सरकारले छिटो, सहज ढङ्गले थप अनुदान दिन र नाम छुटेकाहरूलाई प्रक्रिया पुर्याएर छिटो रकम वितरण गर्न माग राखेका थिए । कार्यक्रममा अनन्तलिङ्गेश्र नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले वास्तविक भूकम्पपीडित अनुदान पाउनबाट नछुटुन् भनेर नगरपालिकाले आएको उजुरी र गुनासोहरूलाई सम्बन्धित निकायमा पठाएको बताए ।
नगरपालिकाले भूकम्पपीडितहरुलाई नक्सा पासमा सहजिकरण गरेको, नक्सा पासका लागि लाग्ने दस्तुर कम लगाएको बताउँदै आएका समस्यालाई निराकरण गर्दै आएको बताए । त्यसअवसरमा दलहरूका तर्फबाट नेपाली काङ्ग्रेस नगर समितिका उपसभापति रवि राणाले जनताको गुनासो सम्बन्धित निकायले छिटो सुनुवाइ गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकार सञ्जाल भक्तपुरका संयोजक जुना बस्नेत र सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई) ले भूकम्पपीडितको गुनासो र समस्या धेरै रहेकाले उनीहरूको गुनासो सम्बोधनमा राज्यले छिटो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…