भूकम्प पीडितको गुनासो-'कर्मचारी तलब खान मात्र हो र ?'
भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । उनीहरूले भूकम्प पीडितलाई राहत दिन स्थापना गरिएका कार्यालयका कर्मचारीहरू तलब खाएर पीडितलाई राहत दिनुको साटो काममा ढिलाई गर्ने र समस्या सिर्जना गर्नेमा मात्र लागेको गुनासो गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले दुधपाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता अनुदान र राहत रकम अहिलेसम्म पनि नपाएको गुनासो गरेका हुन् ।
भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएको र अहिलेसम्म भाडामा बस्न बाध्य भएको रस्मिला अवालले बताइन् । २२ घण्टा पुरिएर बाँच्न सफल सोनिस अवालकी आमा रस्मिला अवालले भनिन्-'म वास्तविक भूकम्प पीडित हुँ । तर, सरकारले दिने अनुदान र सरकारले दिएको राहत अहिलेसम्म पाउन सकेककी छैन ।' सबैले छोराछोरी दुवै पुरिएको र छोरा सोनिसको तस्विर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छापिएको र सबैले भुकम्प पीडित भनेर चिने पनि सरकारले भने अहिलेसम्म नचिनेको उनको गुनासो छ ।
चाँगुनारायण-९ ताथलीका राजेन्द्र थापाले कर्मचारी तलब मात्र खाने कार्यालय र तलबमा बढी खर्च हुने तर पीडितलाई भने कम राहत दिने गरेको आरोप लगाए । 'कार्यक्रममा सम्बन्धित पक्ष आउन गाह्रो मान्छन् । काम के गर्लान ?'-उनको प्रश्न छ । सरकारले पहिलो किस्ताको अनुदान रकम वितरण गरेपनि त्यो रकमले घर बनाउन नपुग्ने बताएका छन् ।
कार्यक्रममा चाँगुनारायण नपा-२ का किरण माकजुले भूकम्प पीडित अनुदान रकम पाउनबाट छुट्न नहुने बताउँदै सरकारले यसतर्फध्यान दिनुपर्ने र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुनुपर्ने विचार राखे ।
कार्यक्रममा चाँगुनारायण-१ दुवाकोटका बच्चुराम न्यौपाने गुठीको जग्गाको प्रमाण नहुँदा समस्स्या भएको बताउँछन् । 'जग्गाको मन्जुरीनामा नदिँदा पनि धेरै समस्या भएको छ ।'-उनले भने ।
आफ्नो नाममा जग्गा नभएका भूकम्प पीडितलाई पनि अनुदान दिनु पर्ने बताउँदै न्यौपानेले भूकम्प पीडितको नाम र थर नमिलेकै कारण अनुदान रकम पाउन समस्या परेको उल्लेख गरे ।
कार्यक्रममा भूकम्प पीडितले सरकारले छिटो, सहज ढङ्गले थप अनुदान दिन र नाम छुटेकाहरूलाई प्रक्रिया पुर्याएर तत्कालै रकम वितरण गर्न माग गरेका थिए ।
राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला सचिवालयको कार्यालयका प्रमुख मुरारी वस्ती, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी र सूचना अधिकार समाजका अध्यक्ष सोम शर्मा (बजगाईं), लगायतले पीडितको पक्षमा सरकार, सरोकारवाला जिम्मेवार निकाय, कर्मचारी र जनप्रतिनिधीले आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकार सञ्जाल भक्तपुरका संयोजक रोशनराज अर्यालले भूकम्प पीडितको गुनासो र समस्या धेरै रहेकाले उनीहरूको गुनासो सम्बोधनमा राज्यले छिटो प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…