भूकम्पपीडितको एकै स्वर-'प्राविधिकको मुख देख्न पाएनौ'
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २९ गते सुन्द्रावती गाविसको कालिका उच्च माविमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांश भूकम्प पीडितले प्राविधिकको नाकमुख देख्न नपाएको गुनासो गरेका छन् ।
कार्यक्रममा स्थानीय तुलसा मैनालीले सरकारले भूकम्प पीडितको घर निर्माणमा प्राविधिक सहयोग गर्न कर्मचारी नियुक्ति गरेको सात महिनासम्म प्राविधिकको मुख देख्न नपाएको गुनासो गर्दै भनिन्-'आफ्नै खर्चमा घर निर्माण गरेको थिएँ । तर, नक्सा जाँचपास गरिदिएनन् ।'
'गरिव जनताको घर बनाउने अर्को घडेरी छैन । पुरानो घडेरीमा घर निर्माण भइसक्यो । प्राविधिक समयमा आउँदैनन् । कता बस्छन् ? थाहा छैन । अहिले घरको नक्सा जाँचपास हुन्न भन्छन् । सरकारले अर्को घडेरी उपलब्ध गराइदिनु पर्यो ।'-तुलसाले भनिन् ।
कार्यक्रममा धनमती वस्नेतले टिनको जस्ता मुनीको बास हुँदा बालवालिका, ज्येष्ठ नागरिक र बिरामीलाई बढी समस्या हुने, दिनमा टिनको तातो र रातमा शीतले ओढ्ने ओछ्याउने भिज्ने गरेको गुनासो गरिन् ।
भूकम्पपीडित सुकुमाया वली भन्छिन्-'भएको जग्गामा घर बनाइसकियो । अर्को जग्गा छैन । सरकारले अनुदान रकम दिएकोमा अर्को घर कहाँ बनाउने ? घडेरी उपलब्ध गराई दिनु पर्यो ।'
सुनखानी गाविस-६ का पूर्णबहादुर शिवाकोटीले आफ्ना दुई घर ढलेको तर तथ्याङ्क विभागले सङ्कलन गरेको लाभग्राही सूचीमा नाम नरहेकोले छुटेको लाभग्राहीको नाम कहिले समवेश हुन्छ भनी प्रश्न गरे ।
नेपाली काङ्ग्रेसका गाउँ सभापति रामप्रसाद मैनालीले भने-'सुन्द्रावती गाविसमा ३६ वास्तविक भूकम्प पीडितको लाभग्राहीमा नाम छुटेको छ । प्राविधिकका कारण छुटेको जानकारी आयो । तर, ती पीडितको गुनासो कहिले र कस्ले सुन्छ ?'
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जिल्लामा रहेका हरेक कार्यालयले माथिल्लो निकायको निर्देशन कार्यान्वयन गर्ने, नागरिकका गुनासो माथिल्लो निकायमा सम्प्रेषण गर्ने गरेको जानकारी दिँदै प्राविधिकहरू नियमित तोकिएको क्षेत्रमा रही पीडित जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए ।
'छुटेका लाभग्राहीको बारेमा जिल्लाबाट केन्द्रमा विवरण पठाइसकिएको छ । जिल्लाबाट पुनः ताकेता गरिनेछ । तर, कुन मितिसम्म छुटेका घरधुरीको व्यवस्थापन हुने भन्ने निश्चित भन्न सकिँदैन ।'-उनले भने ।
जिल्ला विकास समिति दोलखाका सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाईले छुटेका लाभग्राहीको नाम यथासक्य चाँडो निर्णय ताकेता हुने, समुदायका लागि आयआर्जनका गतिविधि सञ्चालनका लागि सरकारी तथा गैरसरकारी तहमा योजना निर्माणका लागि पहल गरिने र प्राविधिकले तोकिएको समयमा जनताका घरदैलोमा पुगी सेवा प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा आवास निर्माण प्राविधिक निशानकुमार पौडेलले आगामी दिनमा सहज सेवा प्रवाह गरिने बताए ।
उद्धवप्रसाद पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…