भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ १५ गते जिल्लाको कोशिदेखा गाविसमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्प पछिको अवस्थाका विषयमा बताएका थिए ।
कार्यक्रममा जिल्ला विकास समिति काभ्रेका कार्यक्रम अधिकृत ऋषिकान्त घिमिरेले भूकम्पपछि सर्वसाधारणले निकै समस्या व्यहोरेको उल्लेख गर्दै भूकम्प गएको दिनदेखि नै जिविसले सक्दो सहयोगका काम गरिरहेको बताए ।
कार्यक्रमका सहभागीले सरकारले भूकम्पपीडित सबैको नाम सूचीमा समावेश नगरेको र घर बनाउन दिएको नमूना अनुसार घर बनाउन कठिन रहेको बताए । उनीहरूले चार्डपर्वको मुखमा रकम दिँदा रमाइलोमा नै बढी रकम खर्च हुने भएकाले यसतर्फध्यान दिन आग्रह गरेका छन् ।
रेडियो नमोबुद्धसँगको सहकार्यमा भएको कार्यक्रममा प्रहरी चौकी तिमालवेशीका सुकेश्वर महत्तो, गैसस महासंघकी गंगा दोङ, गाविसको तर्फबाट सुनिता त्रिपाठी र राजनीतिक दलहरूका तर्फबाट लालप्रसाद त्रिपाठीले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा १ सय ५१ जनाको उपस्थिति रहेको थियो ।
भोजराज तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…