भुकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत चैत २४ गते खरेलथोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भुकम्पपीडितको अवस्था र पूनर्निर्माण विषयमा गरिएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भुकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
सहभागीले पुनर्निर्माण सर्वेक्षण छुटेको, नाम ननिस्किएको, निस्सा नम्बर उल्लेख नभएको, नाम नमिलेको, एकभन्दा बढी घरधनी भएको, त्रुटीपूर्ण विवरण, जग्गाको स्वामित्व नभएको र जग्गा एकभन्दा बढीको स्वामित्वमा रहेको भन्ने गुनासो गरेका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा नाम प्रकाशन भएका लाभग्राहीको संख्या ६७ हजार ७ सय ११ रहेको छ । जसमा ६२ हजार ८ सय ५८ जनासँग सम्झौता भएको छ । यस जिल्लामा २१ हजार ९ सय ४९ ओटा गुनासो दर्ता भएका छन् ।
२० हजार गुनासो सूचना व्यवस्थापन प्रणालीमा इन्ट्री भएको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सुनुवाइ भइआएका गुनासो सङ्ख्या ८ हजार ३ सय २८ रहेको छ । यस जिल्लामा भूकम्पबाट ३ सय २७ जनाको मृत्यु भएको थियो । सार्वजनिक सुनुवाइमा १ सय २९ जनाको सहभागिता रहेको थियो ।
भोजराज तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालय इटहरामा सचेतना कार्यक्रम सम्पन्न…
जुम्लामा मानव अधिकार प्रवर्धन र संरक्षण गर्न युवा रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) र ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) समन्वयमा जुम्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै अभिमुखीकरण कार्यक्रम सञ्जालन गरिएको छ । औपचारिक कार्यक्रमका…
मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न भएको छ । नेपाल मानव…
पीडित महिलाहरुको न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस्…
बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।…