भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि

  ०८१ पुस २८ गते

ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ ।

प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना कार्यक्रम उत्साहजनक रुपमा सञ्चालन गरिएको ललितपुर महानगरपालिकाकी उपमेयर मन्जली शाक्य बज्राचार्यले बताउनु भयो ।

photo20250113lalitpur (1)

उक्त कार्यक्रममा सहभागी हुनुभएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले भन्नु भयो-'प्रस्तुतीमा सहभागी विद्यार्थीहरू केवल भविष्यका अगुवा मात्र होइनन्, वर्तमानमा हाम्रो समुदायलाई सुरक्षित बनाउन सक्रियतापूर्वक लागिरहेका साझेदार पनि हुन्।'

जाइका नेपाल, सिटि नेट,प्लस आर्ट्स-जापानको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा दिइएको विपद जोखिम न्यूनीकरण तालिमद्वारा प्रशिक्षित शिक्षिका/शिक्षकको सहयोगमा विद्यार्थीहरुले समुदायमा सचेतना अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरेको शिक्षिका टीना श्रेष्ठले बताउनु भयो ।

photo20250113lalitpur (2)

भास्सरा विद्यालयमा डीआरआर क्लबको स्थापना गरी विद्यार्थीसँगै समाजमा विपद् तयारीको संस्कृति विकास गर्ने लक्ष्य राखिएको विद्यालयकी प्रिन्सिपल आभा अवालेले बताउनु भयो  ।

नेपाल भूकम्प र अन्य प्राकृतिक विपद्प्रति संवेदनशील भएकोले, यस्ता कार्यक्रमहरू समुदायलाई आपतकालीन अवस्था प्रभावकारी रूपमा व्यवस्थापन गर्न सूसज्जित बनाउने विश्वास गरिएको छ । कार्यक्रममा, डीआरआर क्लबका सदस्यहरूले अन्तरक्रियात्मक स्टलहरू स्थापना गरेका थिए । यस्ता स्टलहरुमा खेल र अन्य प्रस्तुती राखिएको थियो ।

photo20250113lalitpur (3)

'यी स्टलहरू भूकम्प तयारी, आगलागी सुरक्षा, पहिरोबारे चेतना, बाढी सम्बन्धि चेतना, रोग प्रतिरोधका विषय जस्तै, डेङ्गु, र आपतकालीन तयारीकास झट्पट झोलाको तयारी र आपतकालीन झोलामा के, कसरी, कस्ता सामाग्री राख्ने जस्ता आवश्यक विषयहरूमा केन्द्रित थिए।'-परियोजनाका कार्यक्रम अधिकृत जगन्नाथ कँडेलले भन्नु भयो ।

photo20250113lalitpur (4)

ललितपुर महानगरपालिका-१९ का वडाध्यक्ष राजेन्द्र महर्जनले विपत् पूर्व तयारीका यस्ता कार्यक्रम अन्य समुदाय स्तरमा लगेर प्रस्तुत गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूका अभिभावकहरूले पनि स्टलहरूसँग संलग्न भई प्रदर्शन र क्रियाकलापहरूमा भाग लिए। यसले घरमै विपद् तयारीको महत्त्वलाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूले अनुभव सुनाए।

photo20250113lalitpur (5)

जाइका नेपालका प्रतिनिधि तथा अन्य वडाका वडाध्यक्षलगायत ५ सयभन्दा बढीको सहभागितामा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।

photo20250113lalitpur 6

अनलाइन डेस्क