बोर्लाङका भूकम्प पीडितको गुनासै गुनासो
बोर्लाङ गाविसका भूकम्प पीडितहरूले राहत वापत पहिलो किस्ताको रकम पाए पनि घर बनाउन नसक्ने भन्दै चिन्ता जनाएका छन् । जिल्लाका भुकम्प पीडित परिवारहरुले राहत रकम पाएपनि तुरून्तै घर बनाउन सम्भव नभएको बताएका छन् ।
भूकम्प पीडितको अवस्थाबारे मानवअधिकार सञ्जाल र इन्सेक गोरखाको संयुक्त आयोजनामा कात्तिक ४ गते बोर्लाङ-४ मा भएको र्सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले चिन्ता जनाएका हुन् । 'एक महिलाको बारेमा कहिँ कतै केहि कुरा उठान हुँदैन । नत उहाँहरू आफैँले घर बनाउन सक्नुहुन्छ । न उहाँहरूको बारेमा बोल्दिने नै कोही छ !'-बोर्लाङ-२ का वडा नागरिक मञ्चका संयोजक एकु पाण्डेले भने ।
सोही र्सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सरस्वती उमाविका शिक्षक कृष्ण गोतामेले भूकम्प पीडित एकल महिलाको घर कसरी बनाउने भन्ने विषयमा समस्या रहेको बताए ।
बोर्लाङ-४ का विपिन श्रेष्ठले भने-'पहिलो किस्ताको रकम त पायौँ । अब बन्दै गरेको घर देखाएर दोस्रो किस्ता पाइन्छ कि पाइँदैन -' नयाँ बनेको घर सरकारले तोकेको मापदण्ड अनुसार भयो कि भएन भन्ने पनि आफूहरूलाई थाहा नभएको बोर्लाङ-४ का प्रेम श्रेष्ठले गुनासो गरे ।
सरकारले दिने भनिएको ३ लाख रुपियाँ अनुदानको रकमले नयाँ घर नबन्ने र सरकारले दिने ऋणको बारेमा समेत आफूहरूलाई केही थाहा नभएको भूकम्प पीडितहरूले गुनासो गरेका छन् । र्सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभाग्राही सूचीमा नाम छुटेको भन्दै गुनासो फारम भरेकाहरूले आफूहरूको समस्याको सम्बोधन कहिले हुन्छ - भनेर प्रश्न राखेका थिए ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयकी असिन्टेन्ट सव इन्जिनियर रविना खनालले भूकम्प पीडितहरूले सरकारले उपलब्ध गराएको १७ ओटा नक्साको अधारमा घर बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी बोर्लाङका गाविस सचिव मोहन दाहालले गाविसमा पुनर्निर्माणका लागि गाउँमा तीन जना प्राविधिकको टिम खटिएको जानकारी दिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनुदान रकम पाउन छुटेकाहरूले भरेको गुनासो सम्बोधन छिट्टै हुने बताए । 'सबै गुनासो इन्ट्रि गरेर सुझावसहित पुनर्निर्माण प्राधिकरणमा पठाएका छौँ ।'-शर्माले भने ।
बोर्लाङ गाविसका १ हजार ४ सय ६ जना भूकम्प पीडितहरूको लाभग्राही सूचीमा नाम छ । साथै गाविसका १ सय २७ भूकम्प पीडितहरूले आफ्नो नाम लाभग्राही सूचीमा समेट्न माग गर्दै गुनासो फर्म भरेका छन् ।
मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले जिल्लाभरका भूकम्प पीडित सुकुम्बासीहरूले घर कहाँ बनाउने भन्ने चिन्ता व्यक्त गरेको बताए ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…