बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउदै बाल अधिकार चेतना समूह
लालझाँडी गाउँपालिका वाडा नम्बर १ नौरङ्गास्थित श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठित बाल अधिकार चेतना समूहले मङ्सिर १३ गते बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।
बोक्सी प्रथा विरुद्ध सचेतनामूलक सडक नाटकमा लागुऔषध दुर्वेशनी, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, दाईजो प्रथालगायतले समाजमा पारिरहेको असर र ब्याप्त कुरीति र कुसस्कार निवारणका लागि सरोकावालाहरुको भूमिका झल्कीने गरी सडक नाटकमार्फत प्रस्तुत गरेका थिए ।
लालझाँडी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सञ्चालन गरिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर लालझाडी गाउँपालिका १ नम्बर वडा कार्यालयमा ०८१ मंसिर १३ गते इन्सेक, निड्स नेपाल, पिसवान लगायतका संघ संस्थाहरुको साझेदारीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बालअधिकार चेतना समुहले बोक्सी प्रथाले समाजमा पारिरहेको असर र न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका बिषयमा सडक नाटक तयार पारेर प्रदर्शन गरेको थियो ।
लालझाँडी गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष पशुपती बि.क.ले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले हाम्रो समाजको यथार्थ चित्रण गरेको बताउादै नाटकले दिन खोजेको सन्देशलाई मनन् गरेर आआफ्नो घर तथा समाजमा ब्याप्त बोक्सी प्रथाका कारण हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागी आफैबाट सुरुवात गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।
लालझाँडी गाउँपालिकास्तरीय भलामन्सा समन्वय समितिका अध्यक्ष अतिराम चौधरीले यस नाटक मार्फत बालबालिकाहरुले दिन खोजेको सन्देश बास्तममै मननयोग्य रहेको बताउँदै यस्ताखाले नाटकहरुलाई गाउँपालिकाका टोलटोलमा प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि, मानव अधिकार समुहका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।
लिली कुँवर
सम्बन्धित इन्सेक गतिविधिहरू
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…
मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म…
मानव अधिकार समूहद्वारा शम्भुनाथ नगरपालिका शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुख बिदुर विक्रम थापालाई ०८१ मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएको छ। नगर…