बेचबिखन विरुद्धको सचेतना मूलक नाटक "फूलमायाको रहर"को प्रर्दशन सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ मनहरीस्थित रोटरी माविमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३१ गते बेचबिखन विरुद्धको सचेतना मुलक नाटक "फूलमायाको रहर"को प्रदर्शन सम्पन्न भएको छ ।
नाटकमा बालबालिकाहरूले बाल विवाह र त्यसले बेचबिखनमा पर्ने जोखिमसम्बन्धी फूलमायाको रहर नामक सडक नाटक प्रस्तुत गरेका हुन् ।
नाटकमा आफ्नो व्यक्तिगत रहर पुरा गर्न दलालको लहलहैमा बालविवाह गरी बेचबिखनमा पर्नु परेको विषयलाई उठान गरिएको छ ।
सो सचेतनामूलक नाटकमा अरुको लैलै र देखासिकीमा लागेर घर छोडेर विवाह गरी दललले नेपालको बोडर कटाउन लाग्दा प्रहरीले उद्धार गरी पीडकलाई कारबाही गराउन सफल भएको घटना प्रस्तुत गरिएको थियो ।
नाटकले बालबालिकालाई पढ्ने उमेरमा अरूकै लैलैमा नलाग्न र अभिभावकलाई पनि आफ्ना बालबालिका के गर्दैछन् भनेर निगरानी गर्न तथा सचेतना अभिवृद्धि गर्न मद्दत गरेको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यामक गोविन्दप्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गरेकी बाल अधिकार समूहकी अध्यक्ष नसिता मियाँले बालविवाह न्यूनिकरणका लागि सचेतना मूलक नाटक प्रस्तुत गरिएको बताउनु भयो ।
कार्यक्रममा मनहरी गाउँपालिका स्तरीय मानव अधिकार समूहकी संयोजक बिमला गोपालीले यस नाटकले बालबालिका तथा अभिभावकमा बाल विवाह र यसले समाजमा हुने मानव बेचविखनका विरुद्ध सचेतना अभिवृधि गर्ने उल्लेख गर्नु भयो ।
उहाँले पहिलेको तुलनामा अहिले बालबालिकामा जनचेतना वृद्धि भएको देखिन्छ तर बालबालिकाले मात्र बुझेर नहुने अभिभावकहरूले पनि बुझ्न जरूरी भएको बताउनु भयो ।
साथै गोपालीले बाल अधिकार र मानव अधिकारको विषय समेटेर बाल अधिकार समूहका बालबालिकाले समाजमा भएका घटनालाई लिएर सचेतना कार्यक्रम गरेकोमा धन्यवाद समेत दिनु भयो ।
उहाँले आगामि दिनमा पनि यस्तै खालका जनचेतना जगाउने कार्यक्रम भइरहे भने बालबालिकाको क्षमता अभिवृद्धि हुनका साथै बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…