बेचबिखन तथा ओसारपसार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
बेचबिखन तथा ओसारपसार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ साउन २४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
गोदावरी नगरपालिका–२ की ३८ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेकले पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जान समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
पीडित महिलालाई २०८० चैत ७ गते बैतडी जिल्ला डिलाशैनी नगरपालिका—७ का २५ वर्षीय धिरज धामी, दार्चुला जिल्ला शैलेशिखर नगरपालिका—३ का ३० वर्षीय गजेन्द्र खत्री, सोही ठाउँका ३० वर्षीया गीता खत्री र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका—१४ का २५ वर्षीया मन्जु थापाले भारतमा लगेर बेचबिखन गरेको पीडितले बताउनु भयो ।
आफूलाई बेचबिखन गरी सकेको अवस्थामा साहुको घरबाट भागेर नेपाल फर्किन सफल भएपछि आारोपितहरु विरुद्ध २०८१ असार १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादु विश्वकर्माले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम
“आत्महत्या रोकथामबारे संवाद शुरु गरौ : दृिष्टकोण बदलौ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा ०८१ भदौ २५ गते र्याली तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको…
मानव अधिकार सहायता कक्षको बैठकबाट पाँच पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ भदौ २५ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा दुल्लु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २४ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक दुल्लुमा सम्पन्न…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकका विषयमा छलफल
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नको लागि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहसँग छलफल गरिएको छ । इन्सेक कर्णाली…
मानव बेचबिखन विरुद्ध साझा ऐक्यबद्धता
मानव बेचबिखन विरुद्ध सरोकारवाला निकाय, सामाजिक र मानव अधिकारवादी सङ्घ संस्थाले साझा प्रतिबद्धता जनाएका छन् । ०८१ भदौ २० गते ‘तीनै तहको सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने…