बाल श्रम, मानव बेचबिखन तथा ओसारपसारविरूद्ध सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बाल श्रम, मानव बेचबिखन तथा ओसारपसारविरूद्ध ०८० जेठ ५ गते सडक नाटक प्रदर्शन गरेको छ ।
हाम्रो समाजमा मानव बेचबिखन के कसरी हुन्छ र बाल श्रममा कुन अवस्थामा मान्छे बाध्य हुन्छन् भन्ने विषयवस्तु प्रस्तुत नाटकमा समाबेस गरिएको थियो ।
हरेक मानवमा आर्थिक सशक्तिकरण भएमा मात्र बेचबिखनको जोखिममा नपर्ने कुरामा मनहरी गाउँपालिका ७ नम्बर कार्यबाहक वडा अध्यक्ष नमराज सुबेदीले जोड दिँदै व्यक्तिहरूमा रहेको विदेश मोहले गर्दा पनि बेचबिखनको खतरा बढिरहेको भनाई राख्नुभयो ।
बाल श्रम, मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरू ग्रामीण तहहरूमा पुर्याउनु पर्नेमा सुबेदीले जोड दिनुभयो ।
इन्सेकले समाजमा रहदै आइरहेको बिकृती एवम् बिसङ्गतीलाई हटाउँदै पूर्ण मानव अधिकारको प्रत्याभूति दिलाउन सरोकारवाला निकायलाई झकझकाउँदै आइरहेको विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताउनु भयो ।
मनहरी गाउँपालिका ७ नम्बर कार्यबाहक वडा अध्यक्ष नमराज सुबेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ, सहायक प्रधानाध्यापक सादुराम रिजाल,इन्सेक सहजकर्ता सलिना गौतम लगाएतकाको आतिथ्यता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…