बाल विवाह, बाल श्रम, लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन

  ०८० जेठ ९ गते

IMG-20230523-WA0007अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आर्थिक सहयोगमा जेठ ७ गते शम्भुनाथ नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा सडक नाटक प्रर्दशन भएको छ ।

बाल अधिकार सचेतना समूह श्री जनता माध्यमिक विद्यालय रामपुर जमुवाको आयोजनामा शम्भुनाथको सदा टोल र शिव चौकलगायतमा सडक नाटक प्रदर्शन भएको कार्यक्रम संयोजक बरुण बस्यालले बताउनु भयो ।

इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले बाल श्रम, बाल विवाह, महिला हिंसा र लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बाल कलाकारहरूले समाजमा महिला हिंसाको स्वरूप, बाल श्रम गर्न वाध्य हुने अवस्था, बालविवाह र लागु औषधले पार्ने असर समावेस गरी सडक नाटक प्रदर्शन गरेका थिए ।

मानव अधिकार निगरानी समूहका सचिव रामनारायण मण्डलले कलिलो उमेरदेखि नै बालबालिकाकै माध्यमबाट समाजमा रहेको बिकृती एवम् बिसङ्गतीलाई हटाउन खोज्नु बढी लाभदायी हुने बताउनु भयो । मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायलाई झक्झकाउन सडक नाटक प्रभावकारी हुने गरेको उहाँको भनाई थियो ।

गरिब, दलित समुदायमा शिक्षा र सचेतनाको कमीकै कारण हिंसा बढी हुने गरेको भन्नु हुँदै शम्भुनाथ नगरपालिका १० का पूर्व वडा अध्यक्ष पतिराम सदाले सशक्तिकरण र सचेतनामुलक कार्यक्रमहरू गाउँगाउँमा लैजानु पर्ने बताउनु भयो ।

सडक नाटकमा शंकरकुमार साह, करिना सरदार, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह, राजकुमारी मण्डल, जयप्रकाश दास, रोशन पाल, सुर्य पाल, काजल मण्डल, प्रितिका कुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी र सचिदानन्द चौधरी सहभागी थिए ।

IMG-20230523-WA0009 IMG-20230523-WA0018 IMG-20230523-WA0017 IMG-20230523-WA0008

मनोहरकुमार पोखरेल