बाल विवाह न्यूनिकरणका लागि सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रामदयाल माध्यमिक विद्यालय, कचन्दाहामा गठित बाल अधिकार सचेतना समूहले शम्भुनाथ नगरपलिका–३ कचन्दाहास्थित लबका टोलमा ०८० कात्तिक २५ गते सडक नाटक प्रदर्शन गरेको छ ।
बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल बिवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन् । नाटकको माध्यमद्वारा बालबालिकाले असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई चित्रण गरेका छन् । सडक नाटक प्रदर्शनले स्थानीयवासी र सरोकारवाला निकायहरूलाई जिम्मेवार र सचेत बनाउन ध्यानाकर्षण गरेको संरक्षक शिक्षक अशोक कुमार साहले बताउनु भयो ।
सानै उमेरमा विवाहे गरेपछि बच्चा छिटै जन्माएर हुर्काउन सकिन्छ भन्ने समाजमा रहेको गलत मान्यताले गर्दा वाल विवाह अझै न्यूनिकरण हुन सकिरहेको छैन् । अर्काेतिर आधुनिक प्रविधिको गलत प्रयोग र साथीभाईको देखासिकिले गर्दा पनि बाल विवाह हुने गरेको छ ।
आगामी दिनमा समेत विविध विषयमा जानकारी दिने गरी जनचेतनामूलक कार्यक्रमको आयोजना हुने अपेक्षा गर्दै गाउँलेहरूले प्रस्तुत सडक नाटकको प्रशंसा र कलाकार बालबालिकालाई धन्यवाद व्यक्त गरे । सडक नाटकका दर्शक सबरी देबी खंग मण्डलले यस्ता कार्यक्रमबाट दलितलगायतका समुदायमा सकारात्मक सोंचको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमबाट छोरा छोरीमा भइरहेको विभेद र दाइजो प्रथा कम हुने, शिक्षाबाट वञ्चित बालिकाहरूले पढने अवसर पाउने बताउनु भयो । जनचेतनामूलक कार्यक्रम एक दिन अगावै समुदायलाई जानकारी भएमा सहभागिता बढ्ने र थप उपलब्धी प्राप्त हुने मण्डलले सुझाव दिनु भयो ।
समुदायमा सकारात्मक सन्देश फैलाउन सडक नाटक सफल भएको बाल अधिकार सचेतना समूहका अध्यक्ष जयप्रकाश दासले बताउनु भयो । उहाँका अनुसार सडक नाटक हेर्नेहरूले बाल विवाहबाट हुने असरका बारेमा जानकारी पाएपछि अब उमेर पुगेपछि मात्रै विहे गर्ने निधोमा पुगेको जानकारी दिनु भयो ।
सडक नाटक प्रदर्शनमा समूहका अध्यक्ष दास, चाँदनी सरदार, दिपिका चौधरी, प्रदीप मण्डल, किरण शर्मा, सूर्य पाल, प्रिंयका गुप्ता, लक्ष्मी मण्डल, रोशन पाल, नितेश पासवान, गरिमा चौधरी, सपना साह, लक्ष्मी सदा लगायतले आआफ्नो पात्रको भूमिका निर्वाह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मानव अधिकार समूहका सदस्य देबीमाया भट्टराईले परम्परावादी सोचाईमा परिवर्तन नआए सम्म वालविवाह न्यूनिकरण असम्भव रहेकोले शिक्षा र चेतनाको माध्यमबाट बाल विवाहलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।
बाल विवाहले समाजमा ठुलै विकृति फैलिएकोले बालबालिका सम्मिलित सडक नाटक प्रदर्शन मार्फत बाल विवाह न्यूनिकरणमा योगदान गर्न खोजेको सप्तरी जिल्लाका इन्सेक सहजकर्ता अजय परियारले बताउनु भयो । बाल विवाहले आमा तथा शिशुको स्वास्थ्यमा समस्या हुनुका साथै शिक्षाबाट वञ्चित, बाल श्रम, बहु विवाह, सम्बन्ध विच्छेद र ज्यान जोखिममा पर्ने जस्ता दिर्घकालिन समस्याहरू निम्त्याएको छ । बाल विवाहलाई समयमै रोकथाम गर्न नसके दिर्घकालिन असर झन खतरा हुनसक्ने शिक्षक कालीप्रसाद चौधरी बताउँछन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्लाको मानव अधिकार अवस्था सन्तोषजनक छैन : न्यायाधीस डा. थपलिया
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लाको मानव अधिकार अवस्था विषयमा ०८० मङ्सिर २३ गते छलफल कार्यक्रम गरिएको छ । इन्सेक, मानव अधिकार…
सङ्क्रमणकालीन न्यायको मुद्दामा सरकार गम्भीर छ : मन्त्री जिसी
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सङ्क्रमणकालीन न्यायका विषयमा कर्णाली सरकार गम्भीर रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा इन्सेक लगायतका गैरसरकारी संस्थाहरुको…
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…