बाल विवाह न्युनीकरणकाे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

  ०८१ असार ७ गते

इन्सेकको अगुवाइ तथा बाल विवाह विरुद्ध साझा अभियानको संयुक्त टोलीले बालविवाह न्युनीकरणकाे माग गर्दै असार ६ गते शिवालय गाँउपालिकाकामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

गाँउ बस्तीमा बाल विवाहको समस्यालाई स्थानीय सरकारको न्युनीकरणमा ध्यान नपुगेपछि गाँउपालिकाको ध्यानाकर्षण गरि आगामी गाँउ सभाबाट बाल विवाह विरुद्धका कार्यक्रमलाई प्रभावकारी बनाउन शिवालय गाँउपालिकाका अध्यक्ष शेरबहादुर शाही र उपाध्यक्ष गिता शाहीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

गरिब, विपन्न आर्थिक अवस्था कमजोरीका कारण जिविकोपार्जनमा समस्या, जीवन उपयोगी शिक्षाको कमीले बालविवाह बढदै गएपछि यसलाई न्युनीकरण गर्न स्थानीय तहले चासो नदिएका कारण बढ्दै गएको बाल विवाह न्युनीकरण गर्नका लागि कार्यक्रम तय गरि प्रयासको थालनी गर्न शिवालय गाँउपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको इन्सेक जिल्ला प्रतिनिधि बासुदेव शर्माले बताउनु भयो ।
७० प्रतिशत बालबालिकाले बालविवाह गरेको पाइन्छ ।

किशोरीको ७० प्रतिशत मुनि र किशोरीको विवाह दर ८० प्रतिशत भन्दा बढी रहेकाले बाल विवाह अन्त्यका लागि सरोकारवाला निकाय र सरकार समक्ष नेतृत्व माग गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

बालविवाहको आवश्यक जानकारी प्रतिरक्षा, सुरक्षा, न्यायमा जो्न किशोर किशोरीलाई सशक्त बनाईयोस । किशोरीलाई विद्यालयमा टिकाइ राख्न गुणस्तरीय शिक्षा सुनियोजित गरियोस । बाल गरिबीका अन्तर सम्बन्धित सवाललाई विकास प्रकृयामा समाहित गरियोस् । बालमैत्री  सेवालाई सर्वसुलभ गुणस्तरीय निर्वाध उपलब्ध योग्य गरियोस । सरकारले बालबालिकाका लागि हिसा मुक्त वातावरण समाज निर्माणमा संयुक्त रुपमा काम गर्ने भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र पेश गरिएको छ ।

शिवालय गाँउपालिकाका अध्यक्ष शेरबहादुर शाहीले बालबालिको भविश्य निर्माणका लागि आगामी गाँउ सभाबाट क्षमता विकास चेतनामुलक कार्यक्रम तय गर्ने बताउनु भयो । उपाध्यक्ष गिता शाहीले ध्यानाकर्षण पत्र बुझदै बाल विवाह न्युनीकरणमा पहल गर्ने, बालविवाह न्युनीकरणका लागी नीति तथा रणनिति निर्माण गरि प्रभावकारी बनाउने बताउनु भयो ।

बासुदेव शर्मा