बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन

  ०८० मङ्सिर २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक प्रस्तुत गरेका छन् ।

मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले बाल विवाहसम्बन्धी नाटक प्रदर्शन गरेका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार समूहले चेतना मुलक नाटक प्रस्तुत गरिएको हो ।

श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि माधव गौतमले बाल विवाह पनि अपराध भएको बताउनु भयो । उहाँले प्रस्तुत नाटकमा देखाइएको दृष्यको प्रशंसा गर्दै बाल विवाह संविधान विपरीत भएकोले सबै अभिभावक र शिक्षकहरूले बालबालिकाहरूलाई समयमै सचेत गराउन सकेमा यस्तो घटना नहुने बताउनु भयो ।

समाजमा बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने, बाल अधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम हुने भएकाले बालबालिकाको सुनौलो भविष्यका लागि कानुनको शासनको सम्मान गर्नु पर्ने श्री पशुपति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुशील गौतमले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै मानव अधिकार समूहका संयोजक विमला गोपालीले बाल विवाहसम्बन्धी कार्यक्रम मार्फत धेरै समाजमा बाल विवाह न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले यस्तो बाल विवाह विरुद्ध सबैलाई सचेतना गराउन आवश्यक समेत रहेको बताउनु भयो ।

उक्त सडक नाटक प्रदर्शनमा कार्यक्रममा श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि माधव गौतम, विद्यालयका सहायक प्रधानाध्यापक सुशील गौतम, मानव अधिकार समूहका संयोजक विमला गोपाली, शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा आदि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

Photo_080-8-23_Makwanpur2

Photo_080-8-23_Makwanpur1

Photo_080-8-23_Makwanpur3

पुष्पराज अधिकारी