बाल क्लव समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले गठन गरेको धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालय बटेश्वरका बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले जनचेतनामुलक सडक नाटक फागुन १० गते प्रदर्शन गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने उदेश्यले बटेश्वर गाउँपालिकाको मुख्य केन्द्र बिन्दु बटेश्वर बजारमा सडक नाटक प्रदर्शन गरेको इन्सेक धनुषा सहजकर्ता अनिता यादवले बताउनुभयो । नाटकमा हाम्रो समाजमा बालविवाहले निम्त्याएको सामाजिक, आर्थिक तथा शारिरिक समस्याहरूबारे घटनाक्रमलाई शिलशिलेबार रुपमा प्रस्तुतीकरण गरिएको छ । नाटकको माध्यमबाट समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरीलाई चाँडै विवाह गर्ने र छोरीलाई संसार देख्नबाट बञ्चित गर्ने नियतले महिलाको गर्भमै बच्चाको हत्या सम्मको क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा दर्साउन खोजेको सडक नाटकको लेखिका समेत रहेकी बाल अधिकार सचेतना समूह बटेश्वरकी अध्यक्ष उमा कुमारी महतोले बताउनुभयो ।
सडक नाटक हेर्दा समाजका यर्थाथ चित्रण गरिएको आफूलाई महसुस भएको श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वरका प्रधानाध्यापक प्रमोद शरण केवटले प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नै विद्यालयका छात्राले लेखेको नाटकले समाजको गतिविधिलाई नाटकिय रुपमा प्रस्तुतीकरण गरेको हेर्न पाउँदा समाजलाई बालविवाह, दाइजो प्रथालगायतको सामाजिक समस्या निराकरणका लागि सन्देश प्रवाह गरेको प्रधानाध्यापक केवटको बुझाई रहेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…