बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-४ स्थित पशुपति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला तथा बाल हिंसाविरुद्ध ०८० जेठ १ गते सडक नाटक प्रदर्शन गरेको छ ।
समाजमा विभिन्न प्रकारका हिंसा उत्पन्न हुने र यस समस्याको समाधानको लागि विद्यार्थीहरूले सबैलाई सडक नाटक मार्सफत चेतना गराएका छन् ।
मनहरी गाउँपालिकामा बढ्दो महिला र बाल हिंसाविरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सबैले यस्तो हिंसा हँदा सबै महिला तथा बालबालिकाहरूले समयमै सम्बन्धित निकायलाई खबर गर्ने जस्ता विषयहरू समेटिएको थियो ।
नाटकमा समाजमा रहेको हिंसाविरुद्धका आवाज उठान गरिएकाे थियो । कार्यक्रममा बोल्दै बाल अधिकार समूहको अध्यक्ष सङ्गल गौतमले यस्ता कार्यक्रमले गाउँठाउँमा हिंसाको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
बालबालिकाको लागि व्यक्तित्व विकासका लागि संस्थाले बेलाबेलामा तालिम र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले इन्सेकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक, पशुपति माविका विद्यालय व्यवस्थापन अध्यक्ष, पशुपति माविको शिक्षक, बाल अधिकार समूहको अध्यक्ष लगाएतकाको आतिथ्यता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…