बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् ।
कालिका माध्यमिक विद्यालयको संयोजनमा कालिका बाल अधिकार समूह, कालिका बाल क्लब, कालिका रेडक्रस समूह र कालिका साइन्स क्लबको सहभागितामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत बृहत र्याली निकालिएको हो ।
देवचुली – ९ का विभिन्न टोलहरूमा सचेतनामूलक प्लेकार्ड सहित विद्यार्थी, शिक्षक र सरोकारवालाहरू र्यालीमा सहभागी थिए । लैङ्गिक हिंसा अन्त्य गरौं, बाल विवाह अन्त्य गरौँ, जातीय विभेद अन्त्य गरौँ, बाल अधिकार सुनिश्चित गरौँ लगायतका नारासहितको प्लेकार्ड लिएर गाउँगाउँमा र्यालीका माध्यमबाट सचेतना प्रवाह गर्ने काम गरिएको विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिनुभयो ।
र्यालीका माध्यमबाट समुदायमा सचेतनाका लागि सहयोग पुग्ने देवचुली – ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । सचेतनामूलक अभियानका लागि विद्यालयलाई आगामी दिनमा समेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
र्यालीमा देवचुली – ९ का वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य मधुमाया गुरुङ, कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम प्रधानाध्यापक रेशम कोइराला, देवचुली ९ का वडा सदस्यहरू लगायत शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
ज्ञानु पंगेनी
सम्बन्धित इन्सेक गतिविधिहरू
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समितिलाई ध्यानकर्षण–पत्र बुझाइयो !
इन्सेक, एडभोकेसी फोरम, द्धन्द्धपीडित साँझा चौतारी, नेपाल, डिडब्लुआरएफ, ओरेक, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारका लागि महिला एकल महिला समूह, फाया नेपाल लगायतका संघसस्थाहरुको सयुक्त टोलीले ०८१ कात्तिक २९…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका सङ्घसंस्थाहरूको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरू सङ्कलन गर्न ०८१ कात्तिक २८ गते प्रदेश स्तरीय समीक्षा गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक…
मानव अधिकार समूहका पदाधिकारी र सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का परामर्शदाता विष्णुप्रसाद पोखरेलले कात्तिक २५ गते माछापुच्छ्रे गाउँपालिकाको मानव अधिकार समूहका पदाधिकारीसँग भेटघाट गरी छलफल गर्नुभएको छ । सो अवसरमा परामर्शदाता पोखरेलले गाउँपालिका उपाध्यक्ष सीता…
पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१ शान्तिटोलकी १२ वर्षीय बालिकालाई न्यायिक…
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका संघसस्थाहरुको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ कात्तिक २६ गते धनगढीमा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश…