बाल अधिकार समूहद्वारा महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा तथा मानव बेचबिखनसम्बन्धी ०८० असार ७ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ ।
इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले महिला हिंसा र मानव बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा महिला हिंसाको स्वरूप, विभिन्न समस्यामा पर्ने र समाजमा धेरै हिंसाका घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।
समाजमा रहेका महिला हिंसा र मानव बेचबिखन कम गर्न शिक्षा, सचेतना र आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने श्री प्रजा जागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर प्रजाले बताउनु भयो । हाम्रो समाजमा यस्ता घटनालाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरू ग्रामीण तहसम्म पुर्याउनु पर्नेमा प्रजाले जोड दिनुभएको थियो ।
बाल अधिकार समूहद्वारा महिला हिंसा र मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शनमा श्री प्रजा जागृति माध्यामिक विद्यालयका प्रद्यानाध्यापक सूर्यबहादुर प्रजा, सहायक प्रधानाध्यापक रामप्रसाद सापकोटा, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार परिचालन कोष हस्तान्तरण
दुल्लू नगरपालिकास्थित ने.रा. मावि, किर्तिखम्ब, प्रेम देवी मावि, पादुका र चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित जयदेव मावि, जम्बकाँध, जनता मावि, बस्तेकोटका विद्यालयहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल…
मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि रावल सम्मानित
मानव अधिकारकर्मी एवम् इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल सम्मानित हुनुभएको छ । लामो समयदेखि मानव अधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउँदै आउनुभएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान…
यूपीआरको प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल सम्पन्न
इन्सेकले पोखरामा असोज १८ गते एक कार्यक्रमको आयोजना गरी विश्वव्यापी आवधिक समीक्षा(युपिआर) का लागि प्रतिवेदन तयारीसम्बन्धी प्रदेशस्तरीय छलफल गरेको छ । चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा यूपीआरमा नेपालको…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको…
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्न प्रतिबद्ध छुःमन्त्री सार्की
मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १८…