बाल अधिकार समूहद्वारा बालविवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा माछापुच्छ्रे गाउँपालिका– ४ को महेन्द्र माविमा गठित बाल अधिकार समूहले ‘बाल विवाह अन्त्य गरौ सभ्य समाजको निर्माण गरौ’ भन्ने शिर्षकमा पुस २० गते सडक नाटक प्रदर्शन गरेका छन् ।
बाल अधिकार समूहले समाजमा विधमान बालविवाहको अवस्थालाई नाटक मार्फत प्रस्तुत गरि बालविवाह पछि परिवारमा र स्वंय बालबालिका माथि पर्ने असरको बारेमा जनचेतना फैलाउनको लागि नाटक प्रस्तुत गरेका हुन् ।
नाटक हेर्नको लागि जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी र मानव अधिकार समूहका व्यक्तिहरु तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नाटकले बालविवाहको स्वभाव र त्यसको परिणामबारे आफूहरु सचेत हुन सहयोग गरेको सहभागी तथा अन्य स्थानीय व्यक्तिहरुले व्यक्त गरेका थिए ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…